जालिम मुखियाले नै नेपाल भित्र्याएका थिए कोरोना संक्रमित ३ भारतीयसहित २४ धर्म प्रचारक

पर्सा। भारतीय मिडियामा अत्यधिक नाम लिइएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखियाले चैत्र १९ गते नेपाल प्रवेश गराएका २४ तवलिगी जमातीहरु मध्ये ३ जनालाई कोरोना संक्रमण भएको पाइएको समाचार दिपेन्द्र चौहानले हाम्रोकुराडटकममा लेख्नु भएको छ।

संक्रमितहरुलाई नारायणी अस्पताल बिरगञ्जको आइसोलेसनमा राखिएको छ। मुखियाले नेपाल प्रवेश गराएका भारतीय सहितका बिदेशी तवलिगी जमातीहरुलाई छपकैया वडा नम्वर २को मस्जिद र यतिमखानाको मस्जिदमा राखिएको थियो।

नेपाल आएदेखि नै विरामी जस्ता देखिएका उनीहरुको अवस्था केहि विग्रिएपछि मात्र उनीहरुलाई २७ गते नारायणी अस्पताल लगिएको थियो।

अस्पतालमा २४ जनाकै स्वाब परिक्षणका लागि नमुना लिएर हेटौंडा पठाइएको थियो। तिनै २४ मध्ये तीनलाई कोरोना संक्रमण पाइएपछि अहिले बिरगञ्जमा अन्य जमातीहरु पनि हुनसक्ने आशंकामा प्रहरीले खोजी शुरु गरेको छ।

यतिमखाना संचालन कमिटीका अलि अस्गर मदनी उर्फ कालानाग र जगरनाथपुरका अध्यक्ष मुखियाले सबै जमातीहरुको बस्ने खानेको बन्दोबस्ती गरेका थिए।

विरामी भएर अस्पताल ल्याइएका जमातीहरुले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रसासनले बताएको छ। २४ मध्ये ३ जनालाई अस्पतालमा राखि बाँकी २१ जनालाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएका उनीहरुले डाक्टर नर्स सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए।

अस्पतालमा रहेका जमातीका विरामीले जथाभावी हिड्ने, चापाकल चलाउने लगायतका व्यवहार गर्दै आएका थिए। तीनजनामा कोरोना संक्रमणको चर्चा शुरु भएपछि शनिवार राती देखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकालेका छन्। उनले विषम परिस्थितिमा आकस्मिक सेवा बाहेकका ओपिडी बन्द गरेको सूचना निकालेको बताए।

बिरगञ्ज नगरपालिकाले पनि तवलिगी जमातीहरुको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीहरुलाई राख्नका लागि होटल कन्ट्री ईनमा व्यवस्था गरेका छन्। कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तीनजना तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने भएको हो।

चैत्र १९ गते नेपाल प्रवेश गर्नुअघी जमातीलाई भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपनि उनीहरुले ढुङगामुढा गरि नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्ष मुखिया सहितले १० वटा मोटरसाइकलको व्यवस्था गरि नेपाल प्रवेश गराएका थिए।

नेपाल प्रवेश गराइएका जमाती मध्ये अधिकांश भारतीय तथा केहि इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ। प्रदेश नम्वर २का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीहरु रहेको बताइएको छ। सुरक्षाकर्मीहरुले उनीहरुको खोजी शुरु गरेको बताइएको छ। केहि जमातीहरु सुनसरी र मोरङगमा पनि रहेको सुरक्षा स्रोतको दावी छ।

भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोप सहित भारतीय मिडियामा अत्यन्तै प्रचारित मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले धेरैको चासो बिषय भएको छ। उनले नेपालमा प्रवेश गराएर विभिन्न मस्जिद र घरमा राखेकाहरु कोरोना संङ्क्रमित पाइदा यो समग्र प्रक्रियामा उनको भूमिका शंकास्पद पाइएको बिरगञ्जका एक स्थानियले बताएका छन्। सुरक्षाकर्मी पनि यो समग्र प्रक्रियामा मुखियाको भूमिकालाई लिएर अनुसन्धानमा जुटेको बताइएको छ। हाम्रोकुराबाट 

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…