क-तारमा थपिए नयाँ २ सय १६ कोरोना संक्रमित, २० जना निको भए

दोहा। कतारले आफ्नो औद्योगिक क्षेत्र सनैयामा विस्तारै लकडाउन हटाउने घोषणा गरेको एक दिनमै कोरोना भारसका संक्रमतिको संख्या थपिएको छ। कतारमा शनिबारमात्रै भाइरसबाट संक्रमित हुनेको संख्या २ सय १६ थपिएको हो । शनिबार थपिएका व्यक्तिसंगै कतारमा कुल संक्रमण हुनेको संख्या २ हजार ७ सय २८ पुगेको छ।

कतार सार्वजनिक स्वास्थ्य मन्त्रालयले आज जारी गरेको एक रिपोर्ट अनुसार, कतारमा कुल २ हजार ४ सय ७५ जनाको हाल आइसोलेशनमा उपचार हुँदै छ भने बाँकी २ सय ४७ जना पूर्णरुपमा निको भएका छन्। शनिबार मात्रै कतारमा २० जना निको भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक कतारले कोरोना भाइरसको परिक्षणलाइ तीव्रताका साथ बढाएको छ। हाल सम्म कतारमा ४७ हजार ७ सय ५१ जनामा भाइरस परिक्षण गरिएको छ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…