दाङमा खाद्य संकट हुन नदिने नेकपाको प्रतिबद्धता, उद्योग विभागले थाल्यो राहत संकलन अभियान

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका विपन्नवर्गलाइ खाद्यान्न तथा अत्यावस्यक बस्तु अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। देशमा फेरी लकडाउन अवधि थपिने सम्भावना बढेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ उद्योग विभागले राहत संकलन अभियानलाई तीव्र बनाएको छ ।

नेकपा उद्योग विभागले अहिले चामल संकलन गरिरहेको छ । विपन्नवर्गका समुदायलाई पर्न सक्ने सम्भावित खाद्य संकट पूर्ती गर्न राहत संकलन गरिएको नेकपा दाङका उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विभिन्न स्थानबाट राहत संकलन भइरहेको छ । सो राहत स्थानीयतहहरु मार्फत विपन्न वर्गका जनतालाई प्रदान गरिने बस्नेतले जानकारी दिनुभयो ।

विभागका उपप्रमुख यज्ञ केसीले तुलसीपुरमा पनि राहत संकलन शुरु गरिएको जानकारी दिनुभयो । उहाँले पार्टीको निर्देशनमा राहत संकलन एकद्धार प्रणालि मार्फत वितरण गर्ने गरी संकलन भइरहेको जानकारी दिनुभयो ।

नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले जनताको दुःखमा नेकपा सधै साथमा रहने बताउनुभयो । उहाँले राहत वितरणलाई प्रभावकारी र एकद्धार प्रणालीबाट वितरणको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘जिल्ला भरका सम्पूण पार्टी कार्यकर्ताहरुलाई एकढिक्का भएर विपदको सामना गर्न हार्दिक अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।

नेकपा दाङका जिल्ला इञ्चार्ज जीवन गौतमले नेकपा जहिले पनि जनताको माझमा र साथमा रहने बताउनुभयो । उहाँले कुनै पनि दङ्गाली जनता विपदको बेलामा भोकै बस्नुपर्ने अवस्था आउन नदिन नेकपा दाङ दृढताका साथ लागिरहेको जानकारी दिनुभयो । गौतमले उद्योग विभागले थालेको राहत संकलन एकद्धार प्रणालीबाट स्थानीय तह मार्फत जिल्ला बिपद समितिसँग समन्वय गरेर वास्तविक विपन्नलाई प्रदान गरिने बताउनुभयो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज सन्तोष पोख्रेलले अनेरास्ववियूले चालेको डेरा गरि बस्ने विद्यार्थीहरुलाई प्रदान गरिने खाद्यन्न सामाग्री अहिलेसम्म १५ जनालाई वितरण गरिएकोमा शनिवार मात्रै तीन जनालाई प्रदान गरिएको छ । उद्योग विभागले उपलब्ध गराएको खाद्यन्न प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । साथै आगामी दिनमा आवश्यक पर्ने सम्पूर्ण खाद्यन्न उपलब्ध गराउने उद्योग विभागले प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…