कतार एअरवेज : लकडाउन यता नेपालमा सर्वाधिक चार्टर उडान गर्ने एयरलायन्स

काठमाडौँ — सरकारले गरेको लकडाउन यता कतार एयरवेज सर्वाधिक उद्धार उडान गर्ने विदेशी एयरलायन्सको सूचीमा परेको छ । काठमाडौंस्थित कतार एअरवेजले लकडाउन भएयता एसियामै सबैभन्दा धेरै चार्टर उडान नेपालमा भएको जनाएको छ ।

‘कोराना भाइरसको प्रभावपछी एशिया क्षेत्रमा हामीले सबैभन्दा धेरै चार्टर उडान नेपाल गर्‍यौं,’कतारका एक अधिकारीले कान्तिपुरसंग भने । नागरिक उड्डयन प्राधिकरणका अनुसार, शनिबार काठमाडौंमा रहेको क्यानेडियन दूतावासले गरेको चार्टर उडान कतार एयरवेजको नवौं हो ।

कतारपछि दोस्रो स्थानमा नेपाल वायुसेवा निगम परेको छ । यसले कार्गो र यात्रुसहित चारवटा चार्टर उडान गरेको छ । त्यसपछि लन्डनको टाइटन एयरवेजले दुई तथा मेलेसियन, मालिन्दो र चेक एयरलायन्सले एक–एक वटा चार्टर उडान गरेका थिए ।

यसअघि कतार एयरवेजले काठमाडौंमा रहेका अमेरिकी,जर्मन र फ्रान्स दूतावासका लागि ८ वटा चार्टर उडान काठमाडौंबाट दोहासम्मका लागि गरिसकेको छ । यस एयरलायन्सले शनिबार काठमाडौंबाट दोहासम्म उडाएका क्यानेडियनलाई त्यहाँबाट अर्को चार्टर विमानमा क्यानडाको राजधानी मोन्ट्रियलसम्म लैजाँदै छ । तर, काठमाडौंबाट उक्त विमानमा लिफ्ट मागेर गएका अस्ट्रेलियन नागरिक भने दोहाबाट नियमित जहाज चढेर आफ्नो देश फर्किने छन् ।

शनिबारको उडानमा २ सय २ जना यात्रु तथा ५ जना शिशु छन् । १ बजे काठमाडौं आइपुगेको चार्टर २:२५ मा दोहो फर्केको थियो । विमानस्थलस्थित एक अधिकारीका अनुसार यो उडानमा क्यानेडियन नागरिकबाहेक केही अस्ट्रेलियन,अमेरिकी र क्यानडाको पीआर भएका नेपाली पनि छन् । दूतावासले चार्टर उडानको व्यवस्थापन गरेपनि यात्रुहरुले भाडा आ–आफैं जुटाएका हुन् ।

लकडाउन अघिको सामान्य अवस्थामा पनि कतार एयरवेज नेपालमा सर्वाधिक उडान गर्ने एयरलायन्सको सूचीमा रहेको छ । यसले दैनिक ३ वटा उडान गर्दै आएको थियो । कतारपछि चीनको चाइना साउर्दन ग्वाङजाउबाट काठमाडौं सर्वाधिक उडान गर्ने एयरलायन्समा थियो । उसले केही महिनाअघि दैनिक तीनवटा सम्म उडान गरेको थियो ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…