राहत बाड्ने गजबको तरिका !

स्याङ्जा : कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा रहेका ६२७ परिवारलाई आँधीखोला गाउँपालिकाले राहत उपलब्ध गराएको छ । राहत वितरण गर्दा भीडभाड नगर्ने उदेश्यले निश्चित दूरी कायम गर्दै पालिकाले राहत सामाग्री उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्रका ६ वटै बडाका श्रमिक, तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले निर्णय गरे बमोजिम खाद्यान्न सामाग्री तयार पारेर खुला ठाउँमा राखेर लक्षित परिवारका एक सदस्यलाई हस्तान्तरण गरेका हुन ।

साविकका ६ गाविस मिलेर बनेको गाउँपालिकाका १.पंचमूल, २.चिलाउनेवास, ३.बिचारीचौतारा, ४.वाङसिङ, ५.सेतीदोभान र ६.फापरथुमका वडा वडामा पुगेर पहिलो चरणको राहत वितरण गरिएका हुन।

गाउँपालिकाले २ जनाको एक परिवारलाई १५ किलो चामल, डेढ किलो दाल, एक प्याकेट नून, दुइ वटा साबुन, एक किलो चिनी, एक लिटर तेल उपलब्ध गराइएको हो ।
यसैगरी, तीन जनाभन्दा धेरै सदस्य भएका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल उपलब्ध गराएको अध्यक्ष सुधिर पौडेलले जानकारी दिए ।

गाउँपालिकाकोे बैठकको निर्णय अनुसार श्रमिक, मजदूर र अति विपन्न परिवार वडाबाटै छनौटगरी राहत उपलब्ध गराइएको उपाध्यक्ष शर्मिला पौडेलले बताइन्। अन्नपुर्णपोस्टबाट 

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…