कोरोन र्यापिड टेस्ट किट खरिद गर्न अक्ष्य कुमारले दिए ३ करोड भारतीय रुपैयाँ

भारतमा कोरोना भाइरसले उग्ररुप लिन थालेपछि परिक्षणको दायरा पनि फराकिलो बनाइएको छ। भारतका सबै राज्यमा कोरोना भाइरस परिक्षण भइरहेको छ। भारतमा कोरोना भाइरसको परिक्षण गर्ने विधि ‘र्यापिड टेस्ट’को स्वीकृति पाएपछि एकैदिनमा हजरौंको संख्यामा टेस्ट हुने भएको छ।

र्यापिड टेस्ट गर्न आवस्यक पर्ने किट खरिद गर्न बलिवुडका चर्चित कलाकार अक्ष्य कुमारले भारतीय रुपैयाँ ३ करोड दिने भएका छन्। खेलाडी कुमारबाट परिचित अक्ष्य कुमारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सोयंसेवाहरुका लागि पीपीइ तथा कोरोन भाइरसको परिक्षण विधि र्यापिड टेस्ट किट खरिद गर्नका लागि उक्त रकम दिने घोषणा गरेका छन्।

एकता कपुरले दिइन् एक वर्षको तलब

भारतीय फिल्म निर्माता एकता कपुरले कोरोना भाइरस प्रभावितका लागि आफ्नो एक वर्षको तलव सहयोग गर्ने घोषणा गरेकी छिन्। उनले बालाजी टेलिफिल्मका कर्मचारीको सहयोगका लागि एक वर्षको तलव सहयोग गर्ने घोषणा गरेकी हुन्।

उनले निम्न आए भएका कर्मचारीहरुको सहयोगका लागि २ करोड ५० लाख सहयोगको घोषणा गरेकी हुन्। कोरोनाका कारण लकडाउनहुँदा अस्थायी रुपमा काम गर्ने, फ्रिलान्सर लगायतक न्युन आए भएकाहरुको परिवारमा समस्या परेको भन्दै उनले आफ्नो पारिश्रमिक सहयोग गर्ने घोषणा गरेकी हुन्।

संकटमा साहरुखद्वारा आफ्नो चार तले भवन सहयोग 

बलिवुड वादशाह शाहरुख खानले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेका छन् । उनले आफ्नो चार तले भवनमा क्वारेन्टाइन बनाउन सरकारलाई प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भारतमा कोरोना भाइरसको प्रकोप बढेसँगै विभिन्न कलाकार तथा व्यापारीहरुले सहयोग गरिरहेका छन् । अहिले भारतीय कलाकारहरुले कोरोनाविरुद्ध लड्न सरकारलाई धमाधम आर्थिक सहयोग समेत गरिरहेका छन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…