२५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण देखिएकाे छैन : अध्ययन

काठमाण्डाै – केही प्रतिशत व्यक्तिमा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएकाे एक अध्ययनले देखाएको छ ।

न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनले लक्षण नै नदेखिएका व्यक्तिबाट कोरोनाको सङ्क्रमण फैलिरहेको देखाएको हो । तर लक्षण नदेखिएका मानिसबाट सङ्क्रमण फैलिन नदिन कुनै तयारी नभएको अध्ययनमा उल्लेख छ । २५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

सन् २००३ मा देखिएको सार्सको सङ्क्रमण भने बिरामी भएको सातदेखि १० दिनपछि मात्रै फैलिने गरेकाले सङ्क्रमणबाट बच्ने उपाय अपनाउन पर्याप्त समय हुने गरेको पाइएको थियो ।

तर कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीमा लक्षण देखिनु ४८ घण्टाअघि नै सङ्क्रमण फैलिन थाल्ने भएकाले धेरैमा सङ्क्रमण भएको पाइएको अध्ययनमा उल्लेख छ ।

कोरोनाको सङ्क्रमण अहिलेसम्म विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै साढे ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै अमेरिकामा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १५ हजारभन्दा धेरै, फ्रान्समा १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…