नेपाली श्रमिकहरुको स्वास्थ्य र रोजगारीको सुरक्षा साउदी नागरिक सरह हुनेछ : राजकुमार फैसल

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र यसले पार्न सक्ने असरलाई मध्यनजर राख्दै सरकारले साउदी अरेबियाका नेपाली श्रमिकको स्वास्थ्य सुरक्षा र उनीहरुको श्रम सुरक्षाको बारेमा चासो राखेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदीका परराष्ट्रमन्त्री राजकुमार फैसल बिन फरहन अल साउदसग बिहीबार टेलिफोनमार्फत वार्ता गरेका थिए । उक्त अवशरमा मन्त्री ज्ञवालीले त्यहा रहेका नेपाली श्रमिकको स्वास्थ्य र श्रम दुवैको सुरक्षाको लागि साउदीसँग आग्रह गरेका थिए । खाडीको सबैभन्दा ठूलो मुलुक साउदी अरबमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् । साउदीमा अहिलेसम्म चार नेपाली कोरोना भाइरसको संक्रमित भएकोमा तीन जनालाई ठिक भइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीका दौरान मन्त्री ज्ञवालीले मन्त्री साउदलाई कोरोना भाइरसको कारण बनेको कठिन परिस्थितिमा नेपाली श्रमिकहरुलाई हेरचार गरेकोमा धन्यवाद दिएका थिए ।

ज्ञवालीले नेपाली श्रमिकहरुलाई आवश्यक पर्दा कल्याण, सामाजिक सुरक्षा र स्वास्थ्य हेरचाहको व्यवस्था मिलाउन पनि आग्रह गरे । ज्ञवालीले साउदी सरकारसँग नेपाली श्रमिकहरुलाई रोजगार र रोजगारीको सुरक्षाका विषयमा सहकार्य पनि आग्रह गरे ।

जवाफमा मन्त्री साउदले नेपाली श्रमिक र आफ्ना मुलुकका नागरिकलाई समान रुपमा स्वास्थ्य हेरचार गरिरहेको बताए । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाली श्रमिकहरुलाई आवश्यक सुरक्षा र रोजगारीको सुरक्षा गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकहरुको इमान्दारीता, कडा परिश्रमलगायतका विषयको प्रसंशा गर्दै उनीहरुको सुरक्षामा साउदी सरकारको पनि उत्तिकै चासो रहेको बताए ।

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबियासहित खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकहरुको सुरक्षामा ध्यान दिन कोरोना भाइरसको संक्रमण हुन थाले लगतै आफ्ना विदेशस्थित कुटनीतिक राजदुतावासलाई निर्देशन दिइसकेको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…