साउदी अरबका शाही परिवारका सदस्यमा पनि कोरोना भाइरस संक्रमण

रियाद। साउदी अरबको सत्तारुढ शाही परिवारका सदस्यमा कोरोना भाइरस संक्रमण भएको छ। न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार साउदीमा केही हप्ताको अवधिमा करिव १५० जना कोरोना भाइरस संक्रमित पाइएको हो।

कोरोना भाइरसबाट बच्नका लागि राजा सलमान र युवराज मोहम्मद बिन सलमानलाई आइसोलेट गरिएको छ।
रियादका गभर्नर साउदी राजकुमार फैसल बिन बन्दर अल साउदमा कोरोना भाइरस संक्रमण देखिएको छ।

७० वर्षका युवरा फैसललाई आइसीयूमा भर्ना गरिएको छ। किङ फैसल एलीट अस्पतालका डाक्टर शाही परिवारको उपचारमा खटिएका छन्। अस्पतालमा भिआईपीका लागि ५०० अतिरिक्त वेड तयार गरिएको छ।

न्युयोर्क टाइम्सले अस्पतालका निर्देशकलाई उद्धृत गर्दै लेखेको छ, ‘कति जनालाई अस्पताल ल्याउनु पर्ने हो हामीलाई थाहा छैन। तर हामी हाईअलर्टमा छौं। यहाँका विमारीलाई अन्य अस्तपालमा पठाएका छौं। ताकि शाही परिवारका सदस्यको उपचारमा कुनै कमी नहोस्।’

साउदीमा सयौंको संख्यामा राजकुमारहरु छन्। रिपोर्टका अनुसार तीमध्ये केही नियमित रुपमा युरोपको यात्रा गर्छन्। यही युरोप यात्राका क्रममा कोरोना भाइरस संक्रमण भएको बताइएको छ।

३.३ करोड जनसंख्या भएको साउदी अरबमामा ९ अप्रिलसम्म ३ हजार २ ८७ जनाका कोरोना संक्रमित भएका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ। यहाँ इस्लामको सबैभन्दा पवित्रस्थल मक्का र मदिनामा वर्षैपच्छिे हुने उमरा तीर्थयात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…