कतारको सनैयाबाट विस्तारै लकडाउन हटाइने : संक्रमित १६६ जना नयाँ थपिए, २८ जना निको भए

कतारमा पछिल्लो पटक थापा नयाँ १६६ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएको छ भने २८ जनालाई निको भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २३७६ पुगेको छ ।

हालसम्म २०६ जना निको भएर घर फर्किएका छन् भने कुल ४३१४४ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरसबाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यवस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले विबिबर ९ बजे पत्रकार सम्मेलन गरेर कतारमा भाइरसबारे पछिल्लो अपडेट प्रसुत गर्नु भएको थियो।

पत्रकार सम्मेलनमा प्रवक्ता लोल्वाहले सनैया क्षेत्रबाट विस्तारै लकडाउन हटाइने बताउनु भयो। कतारको सनैया कोरोना भाइरसका बिरामी सबैभन्दा धेरै  भेटिएको क्षेत्र हो। सरकारले यस क्षेत्रमा केहिदिन भित्रै विस्तारै लकडाउन हटाउने निर्णय गरेको छ।

कोरोना भाइरसको सम्भावित जोखिमलाइ मध्यनजर गर्दै सरकारले अर्को सूचना जारी नगरे सम्म  खाद्यान्न पसल,औषधि पसल,डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सम्पूर्ण पसलहरु शुक्रबार र शनिबार बन्द गर्ने निर्णय गरेको छ ।

कतारमा कोरोना देशभित्रबाट ७२ प्रतिशत संक्रमण ,२६ प्रतिशत बाहिरबाट आएकाहरुबाट र २ प्रतिशत खुल्न बाँकि रहेका छन्  । संक्रमित मध्य २ प्रतिशतको अवस्था गम्भीर  र ३७ जनाको आईसीयुमा उपचार हुँदै छ  ।

सरकारले गरेको निर्णयको पछिल्लो अपडेट दिने क्रममा विपत्ति व्यवस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिदले घरेलु कामदारले खाता खोल्न न्युनतम पैसा जम्मा गर्नु नपर्ने निर्णय भएको र कतारमा कोरोनाभाइरस सम्बन्धि भएका पछिल्लो अपडेट लिन “Ehteraz” एप सार्वजनिक गरिएको समेत जानकारी गराउनुभएको थियो ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…