वैदेशिक रोजगारीमा रहेका नेपालीमा कोरोना संक्रमण हुने क्रम बढ्दो

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपालीमा कोरोना संक्रमण हुने क्रम बढेको छ। स्थानीय बासिन्दाको तुलनामा नेपालीहरू कम संक्रमित भए पनि केही दिनयता संख्या बढ्दो क्रममा रहेको विभिन्न मुलुकमा रहेका नेपाली राजदूताबासहरूले जनाएका छन्।

हालसम्म कोरोना भाइरसबाट अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्समा एक नेपालीको निधन भएको छ। सोमबार रुपन्देही, देवहकी ४० वर्षीया एक महिनाको दुबईमा निधन भएको हो।

युएईस्थित नेपाली राजदूतावासका अनुसार कोरोना भाइरसबाट संक्रमित नेपाली श्रमिकको संख्या ११ पुगेको छ। जसमध्ये दुईजना निको भएर अस्पतालबाट फर्किसकेको र अन्यको उपचार भइरहेको छ। कोरोनाबाट मृत्यु भएकी ४० वर्षीया महिला १० वर्षदेखि युएईमा घरेलु कामदारको रूपमा रहेको बताइएको छ।

कोरोनाले महामारीको रूप लिएपछि धेरै नेपाली श्रमिक रहेका लगायत विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ। उता, बहराइनमा बुधबारसम्ममा १२ नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित भएका छन्।

श्रमस्वीकृति जारी भएको आधारमा रोजगारीका लागि सबभन्दा बढी रहेको मुलुक मलेसियामा रहेका नेपाली पनि कोरोनाको उच्च जोखिममा रहेको त्यहाँ काम गर्नेहरूले बताएका छन्। मलेसियामा हाल साढे चार लाख हाराहारी नेपाली रहेको बताइन्छ।‘मलेसियाका काम गर्ने नेपालीहरू पनि उच्च जोखिममा छन्,’ रोजगारीका लागि डेढ वर्षदेखि मलेसियामा रहेका रुकुम, खाराका महेशकुमार ओलीले भने।

मलेसियामा अहिलेसम्म नेपाली संक्रमित भएको जानकारी नभएको उनले बताए।पछिल्लो तथ्यांक अनुसार मलेसिया र खाडी मुलुकको तुलनामा अमेरिका र युरोपमा रहेका नेपाली कोरोना भाइरसबाट बढी संक्रमित छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विदेशमा रहेका नेपालीलाई समस्या परे राजदूतावासको सहयोग लिन आग्रह गरे। ‘ठूलो संख्यामा नेपाली रहेका मुलुकमा भयानक तरिकाले नेपाली प्रभावित भएका छैनन्,’ उनले भने, ‘अधिकांश गन्तव्य मुलुकले श्रमिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको खबर छ।’ लकडाउनको बेला अधिकांश रोजगारदाताले श्रमिकलाई नियमित रूपमा पारिश्रमिक र बस्ने, खानेको व्यवस्था मिलाइरहेको बताइएको छ।

युएईका युवराज शेख मोहम्मद विन जायेद अल नायन नेपालीलाई युएईका नागरिकसरह व्यवहार र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन कुराकानीका क्रममा युवराजले प्रतिबद्धतता जनाएको ट्विटमार्फत जानकारी दिएका छन्।

कोरोनाले हालसम्म युएईमा ११ जनाको मृत्यु भएको छ भने दुई हजार बढी संक्रमित छन्। रोजगारीका लागि युएईमा करिब तीन लाख ५२ हजार नेपाली रहेको अनुमान छ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…