डोनाल्ड ट्रम्पलाई डब्ल्यूएचओद्वारा भाइरसकाे राजनीतिकरण बन्द गर्न आग्रह

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (काेभिड १९) काे महामारीमा राजनीति नगर्न आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले चीनको पक्षमा काम गरेको भन्दै अमेरिकाले सङ्गठनलाई दिँदै आएको सहयोग रोक्ने धम्की दिएपछि सङ्गठनका महानिर्देशक टेड्रोस अडानोम गेबेरियसले कोरोना महामारीमा राजनीति नगर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

महानिर्देशक गेबेरियसले विश्व स्वास्थ्य सङ्गठनको कामको बारेमा बोल्दै अमेरिकी राष्ट्रपतिले निरन्तर आरोप लगाइरहेको बताए । उनले अमेरिकी राष्ट्रपतिको आरोपकाे खण्डन गर्दै सङ्गठन सबै देशको नजिक रहेको भनाइ राखे ।

विश्व स्वास्थ्य सङ्गठनका एक सल्लाहकारले सुरुवातमा रोगबारेको यथार्थ बुझ्नको लागि चीनसँगको एक तहको निकटता रहेको भए पनि अहिले महामारी नियन्त्रणका लागि सङ्गठन सबै देशसँग उत्तिकै निकट रहेको बताएकाे खबरमा उल्लेख छ ।

महानिर्देशक गेबरेसियसले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने भन्दै धेरै मानिसको ज्यान जोगाउनुका लागि महामारीको विषयमा राजनीति गर्न नहुने बताए । उनले एकता नदेखाएमा विकसित देशले अझै धेरै समस्या र सङ्कटको सामना गर्नुपर्ने चेतावनी समेत दिए ।

विश्व स्वास्थ्य सङ्गठनले गएको जनवरी ३० तारिखमा कोरोनालाई लिएर स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । त्यसअघि नै विश्वलाई समेच गराएको सङ्गठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेर अहिले आफ्नो ध्यान कोरोनाको सङ्क्रमण रोकथाममा केन्द्रित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसललाई ‘चिनियाँ भाइरस’ भन्नुको साथै चीनमाथि विभिन्न आरोप लगाइरहेका छन् । गएको मङ्गलबार विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा काम गरेको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिने सहयोग रोक्ने ट्रम्पले चेतावनी दिएका थिए ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…