घोराही । लकडाउनका कारण दैनिक ज्यालादारी गरेरै जिविका चलाउन समस्यामा परेका विपन्नवर्गलाइ नेपाल कम्यनुष्टि पार्टी (नेकपा)का युवा नेता पदम केसीले राहत स्वरुप एकलाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।
उहाँले बुधबार घोराही १७ का वडा अध्यक्षा खुशीराम चाैधरीलाई एक लाख बराबरको चेक रकम हस्तान्तरण गर्नुभएको हो ।
कोरोनाका कारण विपन्नवर्गका समुदाय निकै अप्ठेरोमा परेकाले आँफूले सहयोग गरेकाे केसीले बताउनुभयो । ‘आँफै जनतालाई रकम प्रदान गर्नुभन्दा वडा कार्यालयमार्फत एकद्धार प्रणालिबाट रकम प्रदान गर्न प्रभावकारी हुने भएकाले रकम हस्तान्तरण गरेकाे हुँ,’ उहाँले भन्नुभयो, ‘धन कमाउनुको अर्थ आँफूले मोजमस्ति र सुखसयल गर्नका लागि मात्रै होइन, समाजलाई पनि योगदान दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’
कोरोनाले धनी गरिव, ठूला पद, साना पद वा कुनै समुदाय भनेर नछुट्एको उल्लेख गर्दै केसीले समाजमा विपतपर्दा सबैले हात फुकाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘मैले धेरै धन भएर सहयोग गरेको होइन, मन भएर मत्रै हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो प्रगति सधै समाजका लागि हुनुपर्दछ, एक दिन सबै मरेर जाने हो ।’ केसी नेपाल कम्यनुष्टि पार्टी (नेकपा) घोराही १७ का वडा अध्यक्ष समेत हुनुहुन्छ।