काठमाडौँ। पुर्चोडी नगरपालिका स्वास्थ्य संयोजक विनोद कुवरका अनुसार पछिल्लो गाउँमा धेरै जना भिएका छन्। भारतका विभिन्न ठाउँ र तेस्रो मुलुकहरु दुवइ, फ्रान्स र साउदी बाट गाउँ आएका छन्। तर उनीहरु सरकारको निर्देशन पालन गरेका छैनन। क्वारेन्टाइनमा राख्दा परिवारकै सदस्य आएर स्वास्थ्यकर्मी कुटन थालेको उनले बताए। बुधबार मात्रै पुर्चौडी नगरपालिका–५, कुवाकोटमा कार्यरत स्वास्थ्यकर्मी माथि आक्रमण भयो। केही दिन अघि आएका गाउँमा खुलेयाम घुमेका छन्। अहिले आएकालाई मात्र करेन्टाइनमा राख्यो भनेर विवाद बढन थालेको हो।
केही व्यक्ति सेल्फ क्वारेन्टाइनमा बसेता पनि केही व्यक्तिले आफुहरु स्वास्थ्य परीक्षण गरेर आएको र निरोगी भएको बताउँदै आफन्त भेट्दै हिड्ने गरेको पाटन नगरपालिका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए। घरमै बस्ने सल्लाह दिँदा समेत उल्टै आफुलाई थर्काउने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले यदी कोही संक्रमित बाहिरबाट आएको भए गाउँ नै ध्वस्त बनाइसकेको बताए। विदेशीबाट आफ्नो घर आएका सबै जनालाई अनिवार्य क्वारेन्टाएइन राखिनु पर्ने भएता पनि त्यसो नगर्दा ठूलो क्षति हुन सक्ने उनी बताउँछन्। अब क्वारेन्टाइन निर्माण गर्नु भन्दा पनि गाउँ बस्तीमा जनशक्ति परिचालन गरी स्वास्थ्य परीक्षण गर्नु पर्ने उनको भनाइ छ।
तर, विदेशी भुमिबाट आएका स्थानीयबासीहरु गाउँगाउँ भौतारीदै आफन्तहरु भेट्दै हिडेका छन्। सेल्फ क्वारेन्टाइनमा बस्छौं भन्दै गाउँ गएका ति युवाहरु छरछिमेकीलाई भेट्दै हिँड्न थालेका हुन्। विदेशी भूमिबाट जिल्ला भित्रिएका सबै जनालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र गाउँ पठाउने भनिएता पनि विदेशबाट आएका जति सिधै गाउँ जाने र आफन्त भेटघाट तथा घुमिफिरमै व्यस्त छन्। नागरिकन्युजबाट