यूएईमा थप दुई नेपालीमा भेटियो कोरोनाभाइरस, कुल संक्रमण हुनेको संख्या ७२ जना

युएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको यहाँका स्थानीय संचारमाध्यम गल्फन्युजले लेखेको छ।

मन्त्रालयका अनुसार ईमाराती सहित, श्रीलंका ,जोर्डन, प्यालेष्टाइन ,इरान ,कोमोरोस ,चीन ,साउदी अरब , काजकिस्तान , सर्बीया ,ग्रीस ,उरुग्ये ,रोमानिया स्विेडन ,दक्षिण अफ्रिका ,इराक ,यमन ,इथोपिया ,,बेलायत ,पाकिस्तान लेबनान भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

यूएईमा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार एक पाकिस्तानी र दुई जना बंगलादेशी नागरिक सहित ३ जना उपचारपछि निको भएका छन् । यो सँगै यूएईमा उपचार पछि निको हुनेको संख्या ५५ पुगेको छ । त्यसरी निको हुनेमा यस्अघि दुई जना नेपाली पनि थिए ।

यसैबीच यूएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको छ । यूएई सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई तथा निर्मलीकरण अभियानका लागि लकडाउन गरेको जनाएको छ । दिनभर भिडभाड हुने सार्वजनिक स्थल , बजार, तथा औधोगिक क्षेत्र बन्द गरिए पनि अत्यावश्यक सेवा भने नियमित सन्चालन हुँदै आएको छ । बिहीवार देखी आइतबार सम्म रातको ८ बजे देखी बिहान ६ बजे सम्म पूर्ण रुपमा युएई लकडाउन गरिएको छ ।

सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,बैकका कर्मचारी, विमानस्थल कर्मचारी तथा तोकिएका क्षेत्रका व्यक्ति बाहेकका मानिस अनावश्यक घर बाहिर निस्किए जरिबाना सहित जेल चलान गरिने व्यवस्था भएकोले यूएईमा एकान्तवास पूर्ण रुपमा पालना गरिएको छ ।

कोरोना सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमासमेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र बन्द छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ ।

यहाँ रहेका नेपाली कामदारको अवस्था, सतर्कता अपनाउन गरिएका पहल लगायतका विषयमा दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई ब्रिफिङ गरिरहेको दूतावासले जनाएको छ ।

दुतावासले प्राय हरेक दिन कोरोना बारे बुलेटिन स्वरुप सूचना जारी गर्दै यहाँ कार्यरत नेपालीलाई सतर्कता अपनाउन तर नआत्तिन अनुरोध गर्दै आइहेको छ । कुनै समस्या परे दूतावासमा सिधै संपर्क गर्न भन्दै दुतावासले आफ्ना सबै कुटनीतिक कर्मचारीका नम्बरहरु समेत सार्वजनिक गरेको छ ।

यूएईमा कोरोना संक्रमित सबै देशका नागरिकलाई यूएईले आफ्नै नागरिक सरह उपचार गर्ने गरेको निको भएर आफ्नो दैनिकीमा फर्किएकाहरुले बताएका छन् ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…