इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९१९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो ।

इटालीको मिलानमा रहेको सान राफायल अस्पतालकाे आईसीयूमा कोभिड-१९ संक्रमितको उपचार हुँदै तस्बिर : रोयटर्स

यो सँगै शनिबार बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ । त्यस्तै इटाली शुक्रबार थप ५ हजार ९ सय जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएका छन् ।

इटाली कोरोना भाइरसको संक्रमणका हिसाबले सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो । इटालीको लोम्बार्डी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा ५४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ । इटालीको सरकारले कोरोना प्रभावसँग जुझ्नका लागि करिब २७ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको छ ।

युरोपेली मुलुक स्पेनमा पनि शुक्रबार मात्रै ७७३ जनाको मृत्यु भएको छ भने थप ७ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार एक सय ३८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म संक्रमितको संख्या ६५ हजारभन्दा बढी पुगेको छ भने करिब ९ हजार निको भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

कोरोना भाइरसको नयाँ इपिसेन्टर मानिएको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करिब १७ हजार थप संक्रमित भेटिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप ३१२ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७ पुगेको छ । अमेरिकाकाे राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २९९, बेलायतमा १८१, इरानमा १४४, जर्मनीमा ८४, नेदरल्यान्ड्समा ११२, स्विजरल्यान्डमा ३९, बेल्जियममा ६९, दक्षिण कोरियामा ८ र चीनमा ३ जनाको मृत्यु भएको छ ।

विश्वका विभिन्न देशमा गरी पछिल्लो २४ घण्टामा मात्रै ३ हजार एक सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…