तस्कर र नेपाली सेनाबीच दोहोरो गोली हानाहानमा, एकको मृत्यु एक घाइते

पर्सा – पर्सा राष्ट्रिय निकुञ्जमा वन गस्ती टोली र तस्करबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

निकुञ्जको कोर क्षेत्रमा जंगली जनावर मार्न पल्केका शिकारीले जनावर मार्न हतियार पडकाएपछि त्यही दिशामा निकुञ्ज रक्षाका लागि तैनाथ नेपाल सेना पुग्दा गस्ती टोली र शिकारीबीच गोली हानाहान भएको हो ।

झडपमा मकवानपुर पदमपोखरी-१३ का भिमलाल मोक्तानको ज्यान गएको हो भने त्यसै ठाउँका मोहनसिंह मोक्तान पक्राउ परेका छन् । नेपाली सेनाका जमदार मिनबहादुर सन्त्याल तस्करको गोलीबाट घाइते भएका छन् । तिघ्रामा गोली लागेका सन्त्यालको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

वनरक्षक टोलीले तस्करहरुको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुद नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तस्कर मोहनसिहंलाई राष्ट्रिय निककुञ्ज संरक्षण ऐन २०२९ अनुसार कारबाही अगाडि बढाइने प्रमुख संरक्षण अधिकृत अमिर जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…