नेपालीसहित झन्डै ५० हजार आप्रवासीलाई खाद्यान्न उपलब्ध गराउन दोहा बैंकले दियो २० लाख रियाल

काठमाडौँ — कतारस्थित दोहा बैंकले सनैया क्षेत्रमा निगरानीमा राखिएका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउनका लागि २० लाख रियाल (करिब ६ करोड रुपैयाँ) कतार च्यारिटीलाई प्रदान गरेको छ । कतार च्यारिटीमार्फत कामदारलाई खाद्यान्न उपलब्ध गराइनेछ ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिले कामदारलाई खाद्यान्न अभाव हुन नदिने निर्णय गरेपछि दोहा बैंकले यो सहयोग उपलब्ध गराएको हो । सनैयाको सडक नम्बर १ देखि ३२ सम्म भित्र रहेका कामदारको आवतजावत पूर्ण रुपमा रोक लगाइएको छ । त्यसभित्र स–साना कम्पनीहरुका क्याम्पसमेत रहेका छन् । ती कम्पनीले कामदारलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन सकेका छैनन् ।

‘सबै कम्पनीहरुले कामदारलाई खाना उपलब्ध गराएको छैन । कतिपय कामदार आफैले खाद्यान्न जुटाउनुपर्छ’, सनैयामा रहेका झापाका उमेश चौहानले इकान्तिपुरलाई भने,‘साना पसलहरुमा सबै सामान पाइँदैन । हरियो सागसब्जीहरुको अभाव देखिन थालेको छ ।’

कतारले गत मार्च १७ बाट कामदारलाई आवतजावत गर्न रोक लगाएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि कतार सरकारले त्यस क्षेत्रलाई जोखिम क्षेत्रको रुपमा पहिचान गरेको हो । नेपाली दूतावासले पनि खाद्यान्नको अभाव भएमा कतारी संयन्त्र वा दूतावासमा खबर गर्नका लागि आग्रह गर्दै आएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…