युएईबाट आएका कोरोना संक्रमित युवाले काठमाडौंको होटेलमा पार्टी दिएका थिए

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई)बाट नेपाल आएका कोरोना संक्रमित युवाले राजधानीको एक होटलमा बसी साथीहरु बोलाएर पार्टी समेत दिएको खुल्न आएको छ ।

कोरोना पुष्टि भएका धादिङका ती युवा चैत ६ गते नेपाल आएका र १० गते मात्र अस्पताल पुगेका थिए । उक्त पाँच दिनको अवधिमा उनले धेरैजनासँग भेटघाट गरेको अस्पतालमा जानकारी दिएका छन् ।

उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार नियमित कोरोना बिफ्रिङमा ती युवाका परिवार, उनी बसेको होटल, त्यहाँ रहेका र भेटेका व्यक्तिको खोजी गरी जाँच गरिने बताएका छन् । नागरिकखबरबाट 

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…