लकडाउन उल्ल‌ंघन गर्नेलाई प्रहरीको भाटा अभियान !

काठमाडौँ — कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक साताका लागि लकडाउन जारी गरेको छ । कतिपय जिल्लाहरुमा लकडाउन अवज्ञा गरी सर्वसाधरण सडक, चोकमा निस्केपछि सेनासमेत परिचालन गरिएको छ ।

मोरङको उर्लाबारीमा भने लकडाउन उल्ल‌ंघन गर्नेलाई प्रहरीले भाटा हानेको छ। उर्लावारी नगरपालिकाको अगुवाईमा नगर प्रहरी र इलाका प्रहरी कार्यालयले ‘भाटा अभियान’ सुरु गरेको हो। सरकारी निर्णय अवज्ञा गर्दै सर्वसाधरणाहरु बाहिर निस्कन थालेपछि नगरपालिका मेयर खड्‍ग फागो सडकमै उत्रिए ।

‘हाम्रो देशमा विश्‍वस्तरीय स्वास्थ्य सेवा पनि छैन। सरकारले लकडाउन घोषणा गरेर सर्वसाधरणाहरुलाई घरमै बस्‍न आग्रह गरेको छ,’ मेयर फागोले भने,’ सरकारी निर्णयको अवज्ञा गर्दै भेटघाट गर्ने, सडक जाम गरेर केही नै नभएजसरी बाहिर निस्कन थालेपछि नगर प्रहरीसहित भाटा बोकेर म सडकमै आएको हुँ।’

उनले एक दुई जनाका कारण धेरैको स्वास्थ्य जोखिममा पर्ने भएकाले यो अभियान सुरु गरिएको बताए । उनले भने, ‘लातको भूत बातले मान्दैन भनेपछि के गर्नु? एक दुई जनालाई स्थानीय तहले भाटा हानेजसो गरेपछि त सचेत हुन्छन् नि ! ‘अत्यावश्यक काममा भने सर्वसाधरणहरु बाहिर निस्किरहेको उनले बताए।

यस्तै उर्लाबारीनगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको उनले जानकारी दिए । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर काम गर्ने श्रमिकहरुलाई नगरपालिकाले निःशुल्क खाद्यान्‍‍न उपलब्ध गराउने भएको छ। दैनिक काम नगरी गाँसबास नै उठ्न सक्‍ने नगरभित्रका श्रमिकहरुलाई खाद्यन्‍न वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

श्रम नगरी जीविकोपार्जन नहुनेको संख्‍या नगरपालिकामा १६ देखि १७ सयको हाराहारीमा हुन सक्‍‍ने उनले बताए।
प्र

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…