लकडाउनको अवज्ञा गर्दै चलाएको मोटरसाइकल ट्रकसँग ठोकियो, चालकको मृत्यु दुईजना घाइते

भक्तपुर – भक्तपुरमा सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्दै चलाएको मोटरसाइकल ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा मंगलबार राति इन्धन सकिएर रोकिराखेको ना. ६ ख. ११०३ ननम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा.९० प.४०४० नम्बरको तीन जना चढेको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भइ हाल भक्तपुर कमलविनायक बस्ने २८ वर्षीय उत्तरबहादुर तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर सिन्धुपाल्चोक जुगल नै घर भइ हाल भक्तपुर कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङ र ११ वर्षीय कोलसङ डोल्मा तामाङ गम्भीर घाइते भएका र आकाश तामाङको इवामुरा अस्पतालमा उपचार हुन नसकेपछि केएम सी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । साथै अर्का घाइ कोलसङको भने इवामुरामा उपचार भएर आज घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेका ट्रक, मोटरसाइकल र ट्रक चालक चितवन भरतपुर १६ बस्ने २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

भर्खरै प्रकाशित

विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव…

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…