अमेरिकन आइडल दिवेश पोखरेलको धमाकेदार प्रस्तुति, तीनैजना निर्णायक प्रभावित

काठमाडौं : अमेरिकामा समेत कोरोना कहरले गाँजेको छ। उता अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका एक युवा दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिले पुनः तहल्का मच्चाएका छन्।

दिवेशले सोमबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए। उनको प्रस्तुतिपछि निर्णायकहरूले पूरा गीत गाउन अनुरोध गरेका थिए। स्मरण रहोस्, निर्णायक लियोनल रिचीले दिवेशको प्रस्तुति आफूलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिँदै उनको प्रशंसा गरेका थिए।

यही फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा एकाएक चुलिएको थियो। दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्तासँगको प्रस्तुतिबाट अडिसन पुगेका दिवेशले यसअघिको प्रस्तुतिमा क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गीत, बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाइसकेका छन्। नोबेल पुरस्कार विजेता संगीतकार डिलनले सन् १९६३ मा यो गीत रेकर्ड गराएका थिए।

अमेरिकन आइडलले आफ्नो आधिकारिक युट्युव च्यानलमा राखेको भिडियोमा दिवेशले आफू सगरमाथाको देश नेपालबाट आएको परिचय दिएका छन्। गायक पोखरेलको आवाज श्रोताका लागि अमेरिकन आइडलको स्टेज पहिलो भने होइन। उनले यसअघि ‘न्यानो घर’, ‘मन’, ‘समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’, ‘प्रलय बी’ लगायत नेपाली गीत बजारमा ल्याइसकेका छन्।

अमेरिकन आइडलको निर्णायकमा लियोनल रिचीबाहेक केटी पेरी र लुक ब्रायन पनि रहेका छन्।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…