लकडाउन उल्लंंघन गर्ने ३ सय ५० सवारी साधन प्रहरी नियन्त्रणमा, भोलिदेखि पैदलयात्री पनि पक्रने

दाङ।  कोरोनाभाइरसको सभावित जोखिमलाइ मध्यनजर गर्दै सरकारले ‘लकडाउन’ गरेको पहिलो दिन दाङको घोराही बजार सुनसान जस्तै भएको छ। बजार पूर्णरुपले बन्द भएता पनि फाटफुट सवारीसाधन भने चलिरहेका थिए। प्रहरीले ‘लकडाउन’ उल्लंघन गरेको भन्दै त्यसता सवारीसाधनलाइ नियन्त्रणमा लिएको  छ।

लकडाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिप्पर १० वटा, अटो १० वटा,टेक्टर सात वटा र एउटा बससहित कुल ५० सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।

दाङ जिल्लामा सबैभन्दा धेरै सवारीसाधान पक्राउ परेका छन । तुलसीपुरमा इलाका प्रशासन कार्यालयले एक सय ८७ वटा सवारीसाधन पक्राउ गरेको छ । पक्राउ परेका सवारीसाधनका चालकहरुलाई पुन गल्ती दोह्राए कानुन बमोजिम कारवार्ही गर्ने चेतावनीसहित छोडेको प्रहरीले जनाएको छ ।

भोलिदेखि पैदलयात्री पनि पक्रने 

देशैभर लकडाउन सुरु भएको पहिलो दिन दाङमा पैदलयात्रु घर बाहिर निस्केको देखेपछि प्रहरीले सम्झाईबुझाइ पठाएको बताएको छ।लकडाउनको पहिलो दिन जिल्लाका विभिन्न स्थानमा नागरिकहरु सडक देखिएका थिए। पहिलो दिन भएकाले प्रहरीले सम्झाएको दोस्रो दिनबाट अटेरी गरि सडक आउने नागरिकलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवार्ही गरिने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। लकडाउनको दोस्रो दिन अत्यावश्यक काम बाहेक सडकमा आउने जो कोहीलाई पनि कार्वाही प्रहरीले बताएको छ।

कानुनी व्यवस्था अनुसार प्रहरीले लक डाउन उल्लंघन गर्ने नागरिकलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुबै सजाय गर्न सक्छ ।प्रहरीले पहिले दिन सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकहरुलाई पुन गल्ती नदोह्राउन सचेत गराएको भन्दै दोस्रो सवारीसाधन चलाउनेलाई कानुन अनुसार कारवार्ही गर्ने चेतावनी दिएको छ । एम्बुलेन्स, पानी, दुध, ग्यास, तेललगायत बोक्ने सवारीसाधनलाई भने निर्वाध रुपमा चल्न  पाउनेछन् ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…