कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा

११ चैत, काठमाडौं । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

साथै उनीसँग कतारबाट काठमाडौंसम्म यात्रा गरेकाहरुको खोजी सुरु भएको छ ।

त्यो दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौंमा अवतरण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो । मन्त्रालय उच्च स्रोतका अनुसार संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको छ ।

मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न भनेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म उनीहरुमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ । अरुसँग सम्पर्क स्थापित हुन बाँकी छ । अनलाइन खबरबाट 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…