कतारबाट आएका युवा बिरामी भएपछि कोशी अञ्चल अस्पताल लगियो, लकडाउनपछि सेना परिचालन

राजविराज : सप्तरीमा कतारबाट आएका युवा बिरामी भएपछि विराटनगर लगिएको छ। कतारबाट चैत ८ गते नेपाल आएका सुरुङ्गा नगरपालिका-८ का एक युवालाई रुघाखोकी र लगातार ज्वरो आएपछि उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको वडा अध्यक्ष इनरदेव चौधरीले बताए।

तीन जना क्‍वारेन्टाइनमा

सप्तरीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका-१ डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका १ गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। हनुमाननगर र पातोका दुबै जनाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चेकजाँच गराएका थिए। जसमध्ये हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।

त्यस्तै पखालाको समस्या देखिएका पातोका एक जनालाई पखाला ठिक भएपछि होम क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए। सोमबार भारतीय नाका कुनौलीबाट नेपाल प्रवेश गरेका एक व्यक्तिलाई तिलाठी कोइलाडी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको यादवले जानकारी दिए। यसैबीच बिहान ६ बजेदेखि लकडाउन गरिएपछि सेना परिचालन गरिएको छ।

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…