भाइरसका कारण अमेरिका बन्द हुँदैन, अमेरिका बन्द गर्नका लागि बनेको होइन : डोनाल्ड ट्रम्प

११ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)को कारण अमेरिका बन्द नहुने बताएका छन् । कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन् ।

सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन् । उनले आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका छन् ।

ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै यस्तो घोषणा गरेका हुन् । अहिलेसम्म अमेरिकामा यो भाइरसको कारण ४६ हजार १४५ जना संक्रमित भइसकेका छन् । यसले अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ । भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ ।

सोमबार भने ट्रम्पले एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन् । उनले यो एउटा चिकित्सासम्बन्धी समस्या रहेको र यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् ।

अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म ५८२ जनाको मृत्यु भइसकेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…