कर्णाली प्रदेशका मुख्यमन्त्री द्ववारा अत्यावश्यक वाहेकका सबै भेटघाट वन्द

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अत्यावश्यक वाहेकका भेटघाट वन्द गर्नुभएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक वाहेकका भेटघाट आजदेखि वन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९)ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले वताउनुभयो ।

उहाँका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाईरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले सवै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गर्नुभएको छ ।

संक्रमणवाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा वजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेको सल्लाहकार शर्माले वताउनुभयो ।

कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिरहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेको सल्लाहकार शर्माको भनाई छ ।

कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरुको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सवै नागरिकलाई अनुरोध गर्नुभएको पनि सल्लाहकार शर्माले वताउनुभयो ।

‘यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्रीज्यू र प्रदेश सरकार नागरिकको साथमा छʼ– सल्लाहकार शर्माले भन्नुभयो ।

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…