काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए ।

उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको थियो । उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…