चीनमा करिब ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी घर फर्किए

बेइजिङ : विश्वभर फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल मानिएको चीनमा यसको प्रभाव घटिरहेको छ । चीनमा करिब ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी घर फर्किसकेका छन् । सिन्ह्वाका अनुसार आइतबारसम्म ७२, ७०३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

आइतबार मात्रै ४५९ जना संक्रमित उपचार गरी अस्पतालबाट डिस्चार्ज भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले खबर दिएको छ ।

हालसम्म चीनमा ८१,,०९३ कोरोना संक्रमित भेटिएको सिन्ह्वाले जनाएको छ। यस भाइसरको संक्रमणबाट आइतबारसम्म चीनमा ३२७० जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले पुष्टि गरेको छ। यो संख्या कुल संक्रमितको करिब ४ प्रतिशत हो । ५ हजार हाराहारी संक्रमित अझै उपचाररत छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले प्रत्येक दिन कोरोनाको रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…