हजारौंलाई बचाउन हिंडेका डाक्टरको कोरोनासंक्रमणबाट मृत्यु

फ्रान्समा एक डाक्टर लाखौंको ज्यान बचाउने क्रममा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ  । कोभिड–१९ को संक्रमणबाट कोम्पियानी अस्पतालका ६७ वर्षीय डाक्टर जाँ ज्याक्स राजाफिन्द्रानाजीको आइतबार मृत्यु भएको फ्रान्सेली टेलिभिजन बीएफमले जनाएको छ ।

जाँ कोम्पियानी अस्पतालमा सन् २०१३ देखि इमर्जेन्सी डाक्टरका रुपमा कार्यरत रहेको कोम्पियानीका मेयर फिलिफ मारिनीले बताएका छन् । मेयर मारिनीले डाक्टर जाँलाई श्रदाञ्जली व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘एक महान डाक्टर, एक सम्मानित व्यक्ति जसलाई पूरा टिमले आदर गर्थ्यो ।’ मेयर फिलिपले डाक्टर जाँको समर्थनमा सोमबार दिउँसो सहरवासीलाीई एक मिनेट मौनधारण गर्न पनि आग्रह गरेका छन् । कोभिड-१९ को संक्रमणबाट मृत्यु हुने जाँ पहिलो फ्रान्सेली डाक्टर हुन् ।

आइतबार साँझसम्म फ्रान्समा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ५६२ पुगेको छ । त्यस्तै १४ हजार ४ सय ५९ जना संक्रमित हुँदा एक हजार ५ सय ८७ जना निको भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ। आइतबार साँझसम्म भाइरसको संक्रमणबाट १३ हजार ६ सय ७६ को मृत्यु भइसकेको छ भने ३ लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यस्तै संक्रमितमध्ये ९६ हजारभन्दा बढी निको भइसकेका छन्।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…