वीरगन्जमा कोरोना : सांसद र सिडिओले नै मिडियामा फैलाए झुटो हल्ला

कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो ।

वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो । पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो ।

खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो । पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले बताए । ‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ ।’

सिडिओ कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए ।

उनले लेखेका थिए, ‘भारत, बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्जनिवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ । वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन् ।’ तर, आफूले लेखेको खबर गलत साबित भएपछि यादवले स्टाटस मेटेका छन् । यसरी अफवाह फैलाउने सांसद र अधिकारीलाई कारबाही गर्ने दबाब सरकारमाथि परेको छ । यो समाचार आजको नयाँपत्रिकादैनिकले प्रकाशित गरेको छ। 

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…