मस्को : इटालीमा कोरोना भाइरसको महामारी डरलाग्दो रुपमा फैलिरहँदा मेडिकल सहयोगका लागि रुसले आफ्ना सेना पठाउने भएको छ ।
यही आइतबार रुसले सैन्य मेडिकल टोली इटाली पठाउने तयारी गरेको हो । भ्लादिमिर पुटिनले यसअघि नै सहायता पठाउने बारे इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेसँग कुराकानी गरिसकेका छन् ।
इटालीका अधिकारीहरुका अनुसार रुसले आफैँ सहयोगको प्रस्ताव गरेर मोबाइल सेवा तथा विज्ञ टोली पठाउन लागेको हो । इटालीमा शनिबारसम्म ८ सय जनाको मृत्यु भइसकेको छ । संसारमै सबैभन्दा नराम्रोसँग प्रभावित हुने मुलुक इटाली बनेको छ । रुसमा भने ३ सय ६ जना संक्रमित छन् । उनीहरुमध्ये अधिकांश मस्कोमै छन् । साथै एकजनाको मृत्यु भएको छ ।