सीमा क्षेत्रबाट कोही गाउँ पसेका भेटिए तुरुन्तै प्रहरीलाइ खबर गर्नुहोस् : गृह मन्त्रालय

काठमाण्डाै – विश्वभर फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको उच्च जोखिम बढेसँगै कामका भारतबाट नेपालीहरु फर्कने क्रम बढेको छ ।

सीमा क्षेत्रमा सरकारले कडाइ गरिरहेको बताए पनि खुला सीमाका कारण स्वास्थ्य जाँच नगराइकन पनि धेरै नेपाली गाउँ घर पुग्न थालेका छन् ।

यसले कोरोना भाइरसको संक्रमण फैलने डर भए पछि गृह मन्त्रालयले सीमा क्षेत्र हुँदै कोही गाउँ घर पुगेको छ भने नजिकैको प्रहरी वा वडा कार्यालयमा खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

सीमा क्षेत्रबाट फर्किएकालाई सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आएको छ । यसका लागि प्रहरीले अनुगमन गर्ने भए पनि सबैको पहुँचमा नपुग्ने सम्भावना रहेकाले सीमा क्षेत्रबाट परीक्षण नगरी गाउँ घर पुगेकाबारे जानकारी गराउन सरकारले स्थानीय बासिन्दासँग आग्रह गरेको हो ।

कोरोना भाइरसबारे व्यक्ति स्वंय पनि सचेत भए संक्रमण रोकथाम हुने भएकाले सरकारले नआत्तिन तर सचेत रहन आग्रह् गर्दै आएको छ ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…