प्रचण्ड सेल्फ क्वारेन्टाइनमा : समयको सदुपयोग घरमै साइक्लिङ गरेर

खानपानमा अनियमितता, तनाव र उमेरजन्य कारणले नेपालका शीर्ष नेताहरूमा कुनै न कुनै स्वास्थ्य समस्या छन् ।

विश्वव्यापी फैलिइरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाली नेताहरू अहिले सेल्फ क्वारेन्टाइनमा छन् । सेल्फक्वारेन्टाइनमा बसेका वेला खासै हिँडडुल गर्न नमिल्ने भएका कारण पर्याप्त कसरत हुन सक्ने स्थिति छैन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो समयको सदुपयोग गर्दै घर वरिपरि साइकल हाँक्न थालेका छन् । प्रचण्डले घर परिसरमा साइकल हाँक्दै गरेको फोटो र भिडियो उनका कान्छा ज्वाइँ जीवन आचार्यले फेसबुकमा हालेका छन् ।

आचार्य प्रचण्डका कान्छी छोरी गंगा दाहालका पति हुन् । आचार्यले आइतबार दिउँसो फेसबुकमा पोस्ट गरेको तस्बिर र भिडियोमा अध्यक्ष प्रचण्ड खुमलटारस्थित आफ्नो निवासमा साइक्लिङ गरिरहेका छन् । उनलाई आचार्यकी छोरी इशान्वीले साथ दिइरहेकी छिन् ।

तस्बिर र भिडियोका साथ आचार्यले लेखेका छन्, ‘सेल्फक्वारेन्टाइनका वेला पनि शरीर चुस्त राख्न जरुरी छ । शारीरिक व्यायामले इम्युनिटी पावर बढाई कोरोनाविरुद्ध लड्न मद्दत पु-याउँछ ।’

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…