सीमा नाकामा हेल्थ डेस्क : भारतबाट भित्रिएका ५ लाखको ज्वरो मापन

काठमाडौँ — कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेपछि करिब ५ लाखको ज्वरो मापन गरिएको समाचार कान्तिपुरले लेखेको छ।

सुरक्षा निकायकातर्फबाट गृह मन्त्रालयमा पठाइएको तथ्यांक अनुसार यो अवधिमाा ४ लाख ६७ हजार २ सय ५ जनाको ज्वरो मापन गरिएको छ।यो तथ्यांक आइतबार बिहानसम्मको हो।

फागुन २५ गतेबाट नेपाल–भारत सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सम्मिलित हेल्थ डेस्क स्थापना गरिएको थियो।पछिल्लो एक साता यता भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिनेको चाप हृवात्तै बढेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए।

नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय २ स्थानमा हेल्थ डेस्क राखेर थर्मल गन मार्फत् ज्वरो मापन गरिरहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतबाट ८७ हजार मानिस नेपाल प्रवेश गरेका छन्।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…