कोरोनाभाइरस : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु

चिप्लेढुङ्गा। कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल पर्सन) डा विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फिभर क्लिनिकमा ज्वरो आएका र भाइरस सङ्क्रमणका आशङ्का गरिएका बिरामी जाँच हुने छ । सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।” नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी १०० श्ययाभन्दा माथिका अस्पतालले अलग्गै ज्वरो क्लिनिक (फिभर क्लिनिक) सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार यहाँका ती तीन अस्पतालले छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याएका हुन् । त्यसैगरी आज (आइतबार)देखि यहाँ मा ‘हेलो डाक्टर’ हटलाइन सेवा शुरु हुने भएको छ । रुघाखोकी र ज्वरो आएका बिरामीले ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन् ।

स्वास्थ्य निर्देशक डा शर्माका अनुसार बिरामीले घरमै बसीबसी चिकित्सकलाई फोन गरी आफ्नो जिज्ञासा र समस्या जानकारी गराइ जाकारी प्राप्त गर्न सक्नेछन् । हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ । रुघाखोकी लागेका बिरामीलाई मात्र फिभर क्लिनिकमा सम्पर्क गर्न सुझाव दिइनेछ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन, सरसफाइमा ध्यान दिन र भीडभाड हुने स्थानमा नजान आग्रह गर्नुभयो ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…