उड्नै थालेको जहाज भित्र नेपाली यात्रुले नाराबाजी सुरुगरेपछि

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोप र पश्चिम एसियाबाट आउने नागरिकमाथि राेक लगाएकाे थियाे । त्यस्तै खाडी क्षेत्रका देशहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशबाट आउने नागरिकमाथि पनि प्रतिबन्ध लगाएकाे थियो ।

समितिको निर्णयअनुसार २० तारिख अर्थात् शुक्रबार रातिदेखि नेपालमा पाँच देशका जहाज मात्रै आउन पाउँछन् । भारत, चीन, सिङ्गापुर, हङकङका जहाज मात्रै नेपाल आउन पाउँछन् । ती जहाजले पनि नेपालले हवाई उडान प्रतिबन्ध लगाएका देशका यात्रु बोकेर नेपाल आउन पाउँदैनन् ।

सिङ्गापुर एअरलाइन्सको जहाजलाई आइतबार रातिसम्म नेपाल आउन प्रतिबन्ध नभएकाले जहाज सधैँ जस्तो गरेर शनिबार राति ८ बजेर ४० मिनेटमा अवतरण हुने तालिकासहित ९८ जना यात्रु लिएर नेपाल आएको थियो । तर सिङ्गापुरबाट आएको जहाज नेपालको आकाशमाथि प्रवेश गर्नेबित्तिकै हल्ला चल्यो, ‘जहाजमा एक जना युरोपबाट आएका नागरिक पनि छन्’ ।

सरकारले युरोपबाट आउने या ट्रान्जिट भएर आउने कुनै पनि नागरिकलाई नेपाल छिर्न प्रतिबन्ध लगाएको थियो । तर जहाजमा युरोपका नागरिक भएको हल्ला चल्यो ।

हल्लाबारे पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराए । विमानस्थलको एअर ट्राफिक कन्ट्रोलर अर्थात् एटीसीले विमानस्थल प्रशासनलाई यो कुरा भने । नेपालले प्रतिबन्ध लगाएका देशका यात्रु रहेकाले जहाजलाई नेपालमा अवतरणको अनुमति नदिने निर्णय भयो । त्यतिञ्जेल जहाज मकवानपुरमाथि आइसकेको थियो । एटीसीले पनि नेपालले प्रतिबन्ध लगाएको देशका नागरिक बोकेर आएकोले अवतरण अनुमति नदिने भन्दै जहाजलाई सिङ्गापुर नै फर्कन आदेश दियो ।

तर जहाजका पाइलटले जहाजमा इन्धन कम रहेकाले भरेर मात्रै फर्कने भन्दै अवतरणको अनुमति मागे । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको प्रावधान अनुसार इन्धन सकिएको जहाजलाई अवतरण अनुमति दिनुपर्ने भएकाले एटीसीले जहाजलाई अवतरण गर्न दियो ।

अवतरण गरेर जहाजले तेल हालेर फेरि सिङ्गापुर फर्कनको लागि रनवे मा ब्याक हुन लाग्दा विमानस्थलभित्र रहेका यात्रुले हो–हल्ला गरे । आफ्नो देशमा आइसकेकाले कुनै पनि हालतमा फेरि सिङ्गापुर नजाने भन्दै नाराबाजी गरे । विमानस्थलभित्र नाराबाजी बढ्दै गएपछि पाइलटले जहाज उडाएनन् । फर्काएर पार्किङ क्षेत्रमा ल्याए । विमानस्थलभित्र होहल्ला भइरह्यो ।

आफन्तलाई लिन विमानस्थल पुगेका र सिल्क एअरको जहाजबाट सिङ्गापुर जान भनेर विमानस्थल पुगेका एक सय ६५ जनाले पनि विमानस्थलको आगमन कक्ष र प्रस्थान कक्षबाहिर नाराबाजी गरिरहेका थिए ।

त्यसपछि विमानस्थल प्रशासनले सरकारका अन्य निकायसँग सल्लाह गर्‍यो । सबै यात्रुको पासपोर्ट पार्किङ क्षेत्रमा रहेको जहाजभित्रै जाँच भयो र जहाजमा कुनै पनि युरोपेली देशका नागरिक नभएकाे पुष्टि भयो । सबै नेपाली पासपोर्ट लिनेहरु थिए । बरु केही दिनदेखि सिङ्गापुरमै बस्दै आएका नेपाली पासपोर्ट भएका जापानी मुलका एक दम्पति र अस्ट्रेलियन मुलकी एक नेपाली महिला रहेको पुष्टि भयो । उनीहरु नेपालले प्रतिबन्ध लगाएका देशबाट नआएको पुष्टि भयो ।

अवतरण भएको झण्डै तीन घन्टापछि उनीहरुलाई ओरालेर विमानस्थलमा सबैको बृहत् स्वास्थ्य जाँच गरियो । राति नै तीन जनालाई क्वारेन्टाइन पठाइयो । अरु यात्रु होम क्वारेन्टाइनमा बस्ने सहमति सहित घर गए ।

त्यही जहाजमा सिङ्गापुर जान भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक सय ६५ जना नागरिकले पनि विमानस्थलको प्रस्थान कक्षमा हो–हल्ला गरिरहेका थिए । एक सय ६५ जनालाई सिल्क एअरले होटलमा राख्यो । शनिबार राति सिङ्गापुर जान नपाएका एक सय ६५ यात्रु बोकेर सिल्क एअरको जहाज आइतबार दिउँसो सिङ्गापुर उड्नेछ ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…