चीनमा कोरोना महामारीका कारण बन्द रहेका सिनेमाघर खुल्न थाले

बेइजिङ : चीनमा कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण महिनौंदेखि बन्द सिनेमाघर पुनः सञ्चालनमा आएका छन्। चीनको फिल्म टिकट एप्सका अनुसार हाललाई करिब १७ वटा सिनेमाघर खुलाइएको छ। तर, देशभरिका सिनेमाघरबाट चलेका फिल्मले भने जम्मा एक हजार ७० डलर मात्र कलेक्सन गरेको छ।

फिल्म क्षेत्र संकटमा परेको अवस्थामा संकट कम गर्न चाइना फिल्म ब्युरोले सिनेमाघरलाई पाँचवटा पुराना सुपरहिट फिल्म चलाउन अनुमति दिएका हुन्। तिनमा ‘वुल्फ वारियर २’ (२०१७), ‘द वेदरिङ अर्थ’ (२०१९), ‘उल्फ टोटेम’ (२०१५), ‘अमेरिकन ड्रिम्स इन चाइना’ (२०१३) र ‘केपरनाम’ (२०१८) दिने भएको छ।

प्रदर्शन गरिएका ती फिल्मबाट कलेक्सन भएको सबै रकम सिनेमाघरले नै लिन पाउने छन्। त्यसैगरी सिनेमाघरमा दर्शकलाई लोभ्याउन विस्तारै स्थानीय फिल्मदेखि अस्कर अवार्ड जितेका फिल्म चलाउनुपर्ने आइम्याक्सका सीईओ रिचर्ड गेलफान्डले बताएका छन्।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…