अवतरण नगर्न निर्देशन दिँदादिँदै इन्धन भर्नुछ भनेर सिल्क एयरले जबर्जस्ती गर्‍यो : एटीसी

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएउको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो ।

तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो । त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्‍यो । तेल भरेपछि जहाज फिर्ता हुन पुन: एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।

एटीसीले त्यसपछि जहाजमा कुन देशबाट कति नागरिक आएको भन्नेबारे नागरिक उड्ययन प्राधिकरणका अधिकारी र अध्यागमनसग सल्लाह गर्‍यो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्य र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको टोली विमानस्थल पुग्यो ।

आपत्‌कालीन बैठक नै बसेर विमानभित्रका यात्रुबारे जानकारी लिएपछि त्यहाँ भएका सबेलाई ओराल्ने निर्णय भएको स्रोतले बतायो । त्यसपछि कागजात र राहदानी प्रमाणीकरण गर्दा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक जहाजमा भएको भेटियो ।

नेदरल्याण्ड्सबाट आएका एकजना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामूक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाड्ने निर्णय भएको छ । कान्तिपुरबाट

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…