सेनाले हेलिकप्टरबाट किटनासक औसधि छर्ने भन्दै भ्रम फैलाउनेलाइ खोज्दै प्रहरीले , एक पक्राउ

काठमाडौं :- नेपाली सेनाले हेलिकप्टरबाट किटनासक औषधि छर्ने समाचार झुठो भएको शनिबार बताएको छ।

केही दिनयता नेपाली सेनाले १२ बजे राति कोरोना भाइरविरुद्ध किटनासक औषधि छर्ने हल्ला चलेको छ।

सामाजिक सन्जालमा भाइरल बनेको अडियो र फोटोमा सेनाले राति किटनासक औषधि छर्कने हुनाले घरबाट सबैलाई ननिस्कन आग्रह गरिएको छ।

शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दै नेपाली सेनाले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सेनाले विज्ञप्तीमा भनेको छ,‘हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ। तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुठो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ।’ त्यस्तै नेपाल प्रहरीले कोरोनाभाइरसको बारेमा अफवाह फैलाउनेहरुको खोजि तिव्र बनाएको छ।

गलत सूचना दिनेमाथि प्रहरीको निगरानी : एक पक्राउ

सामाजिक सञ्जालमा कोरोनाबारे गलत सूचना दिनेमाथि निगरानी बढाएको छ। काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको भन्दै केहीले फेसबुक म्यासेन्जरमा सन्देश पठाएको सम्बन्धमा अनुसन्धान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले केही फेसबुक पेज र फेसबुक गु्रपमासमेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

‘यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कार्यप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, ‘क्षेत्रीले भने,‘भ्रम फैलाएर जनतामा त्रास फैलाउने व्यक्ति वा समूहको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।’

भ्रामक सूचना सम्प्रेषण गर्दै काठमाडौंको नर्भिक, टेकु अस्पताललगायत अन्य अस्पतालमा समेत कोरोनाको बिरामी उपचार भइरहेको र मृत्यु नै भएको अफवाह फैलाइएको थियो। तर अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कुनै पनि कारोना संक्रमणका बिरामीको उपचार नभएकोविज्ञप्ति मार्फत जानकारी गराएको छ।

डीआइजी क्षेत्रीका अनुसार मुलुकी अपराधसंहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ। सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजायसमेत हुनेछ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद-२ मा ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधानले झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरेको छ।

परिच्छेदमा भनिएको छ, ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन।’

डीआइजी क्षेत्रीले विपद्का समयमा भ्रम फैलाउनेमाथि गम्भीर ढंगले अनुसन्धान थालिएको बताए। उनका अुनसार साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै ढंगले यस्ता भ्रामक सूचनामाथि निगरानी गरेर अनुसन्धान थालेको छ। प्रहरीले सीपाडोलबाट विवेक थापालाई पक्राउ गरिसकेको छ । उनीमाथि अनुसन्धान सुरु भएको डीआईजी क्षेत्रीले जानकारी दिए ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…