सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएका वृद्धमा कोरोना नेगेटिभ

सिन्धुली : उच्च ज्वरो आएपछि तीनदिनअघि सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएका बिमारीमा कोभिड–१९ नरहेको पुष्टि भएको छ। १०४ डिग्री ज्वरोका साथ निमोनिया समेत भएका कमलामाई नगरपालिकाका-७ का ८१ वर्षीय ती वृद्धलाई कोभिड–१९ नरहेको पुष्टि भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. प्रसन्न राजभण्डारीले जानकारी दिए।

‘बिरामी वृद्धको काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा भाइरल इन्फ्लुएन्जा मात्र रहेको पाइएको छ,’डा. राजभण्डारीले भने। नमुना परिक्षणका लागि बृद्धको ¥यालसंकलन गरी सिन्धुली अस्पतालले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाएकोमा त्यहाँबाट आएको रिपोर्टमा कोरोना भाईरस (कोभिड–१९)को कुनैपनि लक्षण नदेखिएएको हो।

हाल बिरामीको ज्वरो घटेको र उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ। ब्रिटिस आर्मीका अवकाश प्राप्त ती वृद्ध ३ दिनअघि पेन्सन बुझ्न धरान पुगेर फर्केका थिए । धरानबाट फर्किएपछि उच्च ज्वरो आएपछि बिहिबार सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…