सय बेडमाथिका अस्पतालले कोरोनाका शंकास्पद बिरामीलाई अन्यन्त्र रेफर गर्न नपाउने

काठमाडौँ — राजधानीमा रहेका एक सयभन्दा बढी शय्याका निजी अस्पतालले अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने भएको छ । ती अस्पतालमा उपचारका लागि गएका बिरामीलाई अन्यन्त्र रेफर गर्न पाइनेछैन । उनीहरूले बिरामीको निःशुल्क उपचार गर्नुपर्नेछ ।

‘कोरोनाका शंकास्पद बिरामीलाई अन्यन्त्र रेफर गर्न पाउँदैनन्,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘बिरामीलाई आइसोलेसनमा राख्नुपर्‍यो, परीक्षण परिणाम कुर्नुपर्‍यो र संक्रमण देखिए निःशुल्क उपचारसमेत गर्नुपर्‍यो ।’ त्यहाँ उपचार सम्भव नभए मात्र सरकारले तोकेको अस्पतालमा पठाउनुपर्नेछ । ज्वरो क्लिनिक चलाउने अस्पतालले शंकास्पद बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्नेछ ।

शुक्रबारदेखि एक सयभन्दा बढी शय्याका हरेक अस्पताललाई ५० वटाका दरले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिन थालिएको छ । राजधानीमा सयभन्दा बढी शय्याका सात वटा अस्पताल छन् ।

हाल सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्ने विशेष अस्पतालका रूपमा तोकेको छ । बिरामीको संख्या हेरी थप अस्पताललाई समेत तोक्न सकिने डा. पोखरेलले बताए ।

आइतबारदेखि शुक्रराज ट्रोपिकललाई संक्रमितको उपचार गर्न मुख्य अस्पतालका रूपमा परिणत गरिनेछ । यहाँ आइसोलेसन वार्ड, क्वारेन्टाइनसहित एक सय शय्यासँगै २० वटा आईसीयू शय्या पुर्‍याउने तयारी भएको डा. पोखरेलले बताए ।

यहाँ भर्ना भएका एचआईभी र क्षयरोगका बिरामीलाई सामान्य अवस्थामा घर वा वीर र त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ । यस्तै, यहाँबाट दिइरहेको एन्टिरेबिज खोपसमेत जिल्ला जनस्वास्थ्य कार्यालयमा सारिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आकस्मिकबाहेक पछि गर्न सकिने खालका शल्यक्रियासमेत हाल रोक्न भनेको डा. पोखरलले बताए ।

प्रयोगशालाको दैनिक परीक्षण बन्द

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ठूलो संख्यामा कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले आइतबारदेखिका सबै दैनिक परीक्षण सेवा बन्द गरिएको छ ।

उपत्यकाभित्रका स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग/कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत काजमा काम गर्न भनिएको छ । उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौं उपत्यका नछाड्न सचिवस्तरीय बैठकले निर्देशन दिएको छ ।

६ विदेशी डिस्चार्ज

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट शुक्रबार ६ जना विदेशी नागरिक डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमण पुष्टि नभएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका डा. अनुप बाँस्तोलाले बताए ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…