कोरोना संक्रमणको आशंका – अस्पतालले भर्ना लिन नमानेपछि बिरामी र परिवार तनावमा

परासी : कोरोना सं क्रमित आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि बिरामी र उनको परिवार तनावमा छ। स्वास्थ्यकर्मीले बिरामीलाई छुन नमानेपछि आफन्त अत्तालिएका छन्। चारवटा अस्पतालमा धाउँदा समेत उनलाई कसैले भर्ना लिएका छैनन्।

तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका-१६ हकुईका ३५ वर्षीय एक युवालाई परासीदेखि बुटवल र चितवनदेखि काठमाडौंका अस्पतालले समेत भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन्।

उनको अवस्था दिन प्रतिदिन चिन्ताजनक बन्दै गएको छ। बिरामी ट्रक चालक हुन्। सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक पुर्‍याइएको थियो।

त्यहाँबाट उनलाई पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गर्‍यो। प्रादेशिक अस्पताललमा सामान्य चेकजाँच गरेपछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाए।

त्यहाँ पनि कोरोनाको लक्षण भन्दै काठमाडौं पठाइएको थियो। तीन दिनसम्म अस्पताल चाहार्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा पुर्‍याए। उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने ठानेर पुनः बिहीबार परासी अस्पताल ल्याएका छन्।

एम्बुलेन्समा ल्याइएका बिरामीलाई त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले झार्न मानेनन्। एम्बुलेन्समा रहेका उनलाई चिकित्सकले प्रादेशिक अस्पताल बुटवलमै पठाएका छन्। तीन दिनको अवधिमा बिरामीकी पत्नी, बाबु र आमाले पालो गरी अस्पताल लैजाने गरेका थिए। बिरामीकी पत्नी दुई वर्षे छोरीलाई सँगै लिएर हेरचाहमा खटिएकी छन्।

बिरामीका छिमेकी सुग्रिव बाँनियाले कुनै अस्पतालले भर्ना लिन नमानेको बताए। ‘सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाएको छ। बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैरजिम्मेवार तरिकाले रिफर गरिएको छ। यदि कोरोना नै भएको भए सम्पर्कमा आएका परिवारको अवस्था के हुन्छ’, उनले प्रश्न गरे।

बिरामीकी पत्नी शान्तिले कुनै अस्पतालले भर्ना निलिँदा अवस्था गंभीर हुँदै गएको बताइन्। ‘अस्पतालहरू चाहार्दै हिँड्यौं। कसैले पनि भर्ना गर्न मानेनन्। के भएको हो भन्नेबारे थाहा छैन’, उनले भनिन्। ‘अवस्था गंभीर हुन थालेपछि जे सुकै होला भनेर फेरि परासी अस्पताल आएका थियौं। एम्बुलेन्सबाट बिरामी निकाल्न चिकित्सकले मानेनन्। फेरि बुटवल पठाए’, उनले भनिन्।

पृथ्वीचन्द्र अस्पताल परासीका कोरोना फोकल पर्सन डा.पवन अग्रहरीले प्रादेशिक अस्पतालले कोरोनाको लक्षण देखिएको रिपोर्ट दिएको बताए। ‘प्रादेशिक अस्पतालमा आइसोलेसन बेड छ।

त्यहाँ राखेर निगरानी गर्नु पथ्र्यो। सिधै चितवन पठाइएको छ। त्यहाँ समेत वास्ता नगरेपछि बिरामी काठमाडौं हुँदै फेरि परासी आएका छन्’, डा.अग्रहरीले भने।

जिल्ला अस्पतालबाट यसअघि नै पठाइएकोले उनलाई पुनः भर्ना गर्न नसकिएको उनले बताए। जिल्ला अस्पतालमा समेत चारवटा आईसोलेस बेड स्थापना गरिएको छ। तर उनलाई त्यहाँ नराखी रिफर गरिएको हो।

स्वास्थ्य कार्यालयसँग समन्वय गरी प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। चिकित्सकहरूले नै बिरामीलाई हेर्न छाडेको बारे प्रजिअ दाहालले त्यसरी बेवास्ता गर्नु गलत भएको प्रतिक्रिया दिए।

स्वास्थ्य कार्यालयले सीमा नाकाका चार स्थानमा हेल्थ डेस्क राखेर निगरानी गर्दै आएको छ। निगरानीका क्रममा शंकास्पद एक बिरामी देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए।

तापक्रम लिने क्रममा सुस्ता गाउँपालिकाका एक जनामा शंकास्पद लक्षण देखिएको उनले बताए। ती व्यक्ति भारतबाट झोलनीपुर नाकाबाट नेपाल आउँदै थिए। यो समाचार अन्नपुर्णपोस्टका लागि हरि शर्माले लेख्नु भएको हो। 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…