भीडभाडमा गएको भन्दै थप १५० जना नेपालीलाइ कतार सरकारले देश निकाला गर्यो

काठमाडौँ — कतार सरकारले भीडभाडमा गएको भन्दै प क्रा उ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार देश निकाला गरी नेपाल पठाएको छ । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई देश निकाला गरेको थियो ।

ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट प क्रा उ परेका थिए । को भिड १९ को सं क्र मण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई प क्रा उ गरेको थियो ।

तनहुँको खैरेनीका नरबहादुर रानाले आफूलाई भलिबल खेलिरहेका बेला कतारी प्रहरीले घे रा हालेर प क्रा उ गरेको बताए । ‘हामी क्याम्पपछाडि भलिबल खेलिरहेका थियौं, हामी र मार्केटमा आएकालाई एकै ठाउँ भेला गरी प्रहरीले प क्रा उ गर्‍यो,’ उनले भने, ‘झन्डै ७ सय थिए होलान्, हातमा बोकेका सामान फाल्न लगाएर पुलिसले सबैलाई गाडीमा हा ल्यो र जे ल मा लग्यो ।’

उनी पाँच वर्षदेखि न्यु हेजन कम्पनीमा ड्राइभर थिए । ‘आखिर हामीलाई भाइरसको परीक्षण पनि गरिएन, हामीसँग स्वास्थ्य रिपोर्ट छैन,’ गत फेब्रुअरी १४ तारिखमा बिदा मनाएर कतार पुगेका उनले भने, ‘हामीलाई केही दिन जे ल मा राखेर सिधै विमानस्थल ल्याई प्लेन चढाएर पठाइदिए ।’

एउटै जहाजमा आएका गुल्मीका देवीबहादुर केसीले श्रीमतीलाई पैसा पठाएर गाडी स्टार्ट गर्ने बेला प्रहरीले समातेको बताए । ‘मैले पैसा पठाउन आएको भन्दै रसिद पनि देखाएँ, उनीहरूले सुनेनन्, सबैलाई उठाएर बसमा हाले,’ १७ वर्षदेखि कतारमा कार्यरत उनले भने, ‘चे ता व नी पनि नदिई पठाइयो ।’

उनले कम्पनीबाट १७ वर्षको बोनस नपाएको बताए । ‘यो कुरा हाम्रो दूतावासलाई थाहा छ कि छैन होला ?’ उनले भने, ‘यत्रा मान्छे प क्रा उ हुँदा पनि दूतावासले केही गरेन । चित्त दुखेको छ । बोनसका लागि काठमाडौंस्थित कतारी दूतावासमा गएर निवेदन दिने योजना बनाएको छु ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…