भारतबाट फर्किदा आमाले पनि माइला कोरोना लिएर आको होलास् अलि पर बस् है भन्नुभयो

वीरेन्द्रनगर — गुर्भाकोट नगरपालिका–१ मालारानीका जितबहादुर सार्की फागुन तेस्रो साता भारतको अहमदावादबाट घर आए । सञ्चार माध्यमले कोरोना भाइरसका विषयमा गाउँलेलाई जानकार बनाइसकेका थिए ।

त्रास फैलिरहेका बेला भारतबाट घर आउँदा उनीमाथि आफन्तले कोरोना भाइरस बोकेर ल्याएको शंका गरे । ‘फर्किंदा बाटामा चेकजाँच गर्दा त नराम्रो महसुस भएन,’ उनले भने, ‘तर घर आइसकेपछि मेरो सुटकेस समात्न आफ्नै सालाले अप्ठ्यारो मान्यो ।’
लामो सफरबाट फर्किंदा सार्कीलाई हलुका रुघाखोकी पनि लागेको थियो ।

कोरोनाको त्रासले गर्दा भारतबाट फर्किएका उनलाई आफन्तले छुन पनि डराए । ‘धेरैले त मजाकमै पनि कोरोना लिएर आ’को छ कि भने,’ उनले भने, ‘केही छिमेकीले रिसाएरै आफ्नो नजिक पर्न दिएनन्, अरूको त कुरै नगरौं, आमाले पनि माइला अलि पर बस् है भन्नुभयो ।’ परदेशमा भन्दा गाउँघर बढी आ तंकित रहेको अनुभव भएको उनले बताए ।

बराहताल गाउँपालिका–६ का सुमन पुन भारतबाट फर्किएदेखि गाउँघरमा साथीहरू पनि नजिक पर्न छाडेको भन्दै खिन्न छन् । ‘बाटामा हिँड्दा, सामान्य खोक्दा पनि साथीहरू तर्किन्छन्,’ उनले भने, ‘खोकी त जतिबेला पनि लागिरहन्छ तर खोक्दैमा कोरोना हो भन्ने त्रास गाउँका मान्छेलाई परेको छ ।’ कोरोनाका विषयमा फैलिएका अनावश्यक हल्लाले टाढाबाट घर फर्किएका आफन्तमाथि सं क्रमित हुन सक्ने आशंका हुनु सकसपूर्ण रहेको उनले बताए ।

सामान्य रुघाखोकी, ज्वरो आए पनि आफन्तले शंका गरेपछि कालापहाडबाट फर्किएका केहीले आफू तिरस्कृत भएको महसुस गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१६ का चेतबहादुर रानाले सं क्रमणको त्रासका कारण घर फर्किएका आफूजस्ता धेरै जना शं काको घेरामा परेको बताए । ‘इन्डियाबाट फर्किएको महिनादिन हुन लाग्यो ।

मलाई सामान्य रुघाखोकी त छ, अरू समस्या केही छैन,’ उनले भने । घरमा पनि ‘अहिल्यै किन फर्किएको ?’ भनेर आफन्तले सोध्दानरमाइलो लाग्ने उनको गुनासो छ ।

चीनको सान्या सहरबाट होटल व्यवस्थापनको नौमहिने कोर्स सकेर मंगलबार घर फर्किएकी वीरेन्द्रनगर–८ की एक छात्रा पनि घरपरिवार र छरछिमेकबाट हेरिने शंकालु नजरबाट छक्क परेकी छन् ।

‘चीनमा हामी बस्ने ठाउँमा कोरोनाको प्रभाव शून्यजस्तै थियो तर घरमा आएपछि जताततै त्रास देख्दा अचम्म लाग्यो,’ उनले भनिन्, ‘मलाई अहिलेसम्म केही नभए पनि चीनबाट आएको भन्नेबित्तिकै डराउने गरेका छन् ।’ घरमा पुगेपछि छरछिमेक नजिक आउनै डराएका र आएकाहरू पनि मास्क लगाएर मात्रै कुरा गर्ने उनले बताइन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…