कोरोनाबाट तंग्रिएपछि विश्वमा प्रभाव बढाउँदै चीन – अमेरिकालाई पछि पार्दै चीनले लियो नेतृत्व

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता कोरोना भाइरसबाट नराम्ररी प्रभावित इटालीमा थप मेडिकल विज्ञ पठाउने वचन दिए। यही साता बेइजिङले फिलिपिन्सलाई तत्कालै कोरोना भाइरस जाँच्न मिल्ने किट पठायो।

सर्वियाका राष्ट्रपतिलाई लाग्छ-अत्यावश्यक मेडिकल सामग्री निर्यातमा बन्देज लगाउने उनका छिमेकी युरोपेली मुलुकले होइन बरू चीनले नै सहयोग गर्छ।

‘युरोपेलीको एकता कतै छैन,’ सर्वियाली नेता अलेक्जेन्डर भ्युसिकले टेलिभिजनमा सं कटकाल घो’षणा गर्दै भने,‘त्यो त कागजमा लेखिएको एउटा लोक कथामात्र हो। मलाई मेरा मित्र सी चिनफिङमा विश्वास छ र चिनियाँमा विश्वास छ।’

केही साताअघिसम्म चीन वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको थियो। उसले ८० देश र १० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूबाट मास्कलगायत मेडिकल सामग्रीहरू सहायता लिएको थियो।

अहिले चीनमा कोरोना भाइरसका नयाँ सं क्रमण देखिन छाडेका छन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बुधबार चीनमा एउटा पनि घरेलु सं क्रमण भेटिएन। जबकी त्यही दिन इटालीमा ४ हजार बढी मानिसमा सं क्रमण देखियो ४ सय ७५ जनाले ज्या न गु माए।

अमेरिका, बेलायत, जर्मनी, फ्रान्सलगायत देशमा सं क्रमित र मृ तकको संख्या उकालो लागेका बेला चीनले आफ्नो ध्यान कोरोनाविरू द्ध लडिरहेका देशहरूमा केन्द्रीत गरेको छ।

जापानदेखि इराक, स्पेनदेखि पेरूसम्मका चिनियाँ कूटनीतिज्ञले ती देशहरूलाई सहयोगको प्रस्ताव गरिरहेका छन्। मानवीयदेखि अत्यावश्यक मेडिकल सामग्रीको सहायताले चीनको छवि विश्व महामारी फैलाउने देशबाट विश्वलाई सं कटमा पर्दा जिम्मेवार तरिकाले नेतृत्व गर्ने राष्ट्रको बनाउँदै छ।

यस्तो छवि बनाउन चीनले कुनैबेला प्राकृतिक विपत्ति र प्रकोप फैलिँदा पश्चिमले जसरी नेतृत्व लिन्थ्यो त्यस्तै गरिरहेको छ। ठीक यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘अमेरिका फर्स्ट’को नारामा अल्झेर अन्तर्राष्ट्रिय संलग्नताबाट अलग भइरहेका छन्।

‘पछिल्ला दशकमा योमात्रै यस्तो एउटा संकट होला जसमा अमेरिकाको अर्थपूर्ण नेतृत्व छैन र चीनले महत्वपूर्ण नेतृत्व लिइरहेको छ,’ वासिङ्टनको ब्रुकिङ्स इन्स्टिच्युटअन्तर्गतको चाइना स्ट्राटेजी एनिसिएटिभका निर्देशक रस दोसीले न्युयोर्क टाइम्ससँग भनेका छन्।

उनले केही वर्षअघि इबोलाविरूद्धको ल डाइँमा अमेरिकाले नेतृत्व लिएको सम्झिए।

केही समयअघिसम्म सीको नेतृत्वमाथि दुई प्रश्न थिए- कोरोना भाइरसलाई सुरूमै लापरबाही गरेर फैलिन दिएको र महामारीमा एक दलीय निरंकुश शासन प्रभावकारी हुँदैन।

अहिले युरोपदेखि अमेरिकासम्मका देशहरू कोरोनालाई रोक्न असमर्थ देखिएपछि चिनियाँ नेतृत्वलाई आफ्नो प्रणाली कसरी प्रभावकारी छ भन्ने प्रमाणित गर्ने अवसर प्राप्त भएको छ। र यसबाट उसलाई संसारभरिको भूराजनीतिमा आफ्नो बलियो उपस्थिति जनाउने मौका मिलेको छ।

यसअघि पनि बेल्ट एन्ड रोड इनिसियटिभ्समार्फत् वा विभिन्न देशलाई ऋण र अनुदानमा सहयोग गर्दै आइरहेको चीनले अहिले पनि मास्क र अरू अत्यावश्यक मेडिकल सामग्री बनाउन सक्ने बलियो अवस्था छ। अहिले चीनले संसारभरिलाई मास्कलगायत अन्य सामग्री बनाइरहेको छ। सुरूमा चीनले कोरोना भाइरस रोक्न सकेन भनेर रिसाएका मुलुकका नागरिकलाई नै अहिले चीनले मास्क पठाइरहेको छ।

यसरी सहयोग पाउनेहरूले यसमा चीनको भूराजनीतिक स्वार्थ मिसिएको छ कि छैन भन्ने पनि मतलब गरेका छैन।

‘मलाई त्यसबारे थाहा छैन र त्यसमा चासो पनि छैन,’ इटालीका पूर्वआर्थिक विकास मन्त्री मिसेल जेरासीले भने,‘अहिलेको महत्वपूर्ण कुरा मानिसको ज्या न जोगाउन सहयोग गर्नु हो जुन इटालीका नजिकैका छिमेकी युरोपेली मुलुकले गर्न सकेका छैनन् वा चाहेका छैनन्।’

अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र बनेपछि चीनले संयुक्त राष्ट्र संघमा आफ्नो प्रभाव बढाउनेदेखि संसारका धेरैभन्दा धेरै ठाउँमा आफ्नो राजनीतिक, आर्थिक सैन्य प्रभाव विस्तार गर्नेमा ध्यान केन्द्रीत गरिरहेको छ।

‘सुरूमा कोरोनाको प्रकोपलाई रोक्न नसकेको भन्दै धुमलिएको छविलाई चीन अहिले मर्मतसम्भार गरिरहेको छ,’ क्यालिफोर्नियाको म्याककेना कलेजका प्राध्यापक मिनसिन पेईले भने,‘मेडिकल सामग्री सहायता दिएको कुराले चीन उदार र जिम्मेवार विश्व शक्ति हो भन्ने देखाउँछ। र यसमार्फत् चीन पश्चिमाहरूको लोकतन्त्रभन्दा एकदलीय व्यवस्था नै यस्तो बेलामा प्रभावकारी हुन्छ भन्ने सन्देश लागिरहेको छ।’

बुधबार चीनले युरोपेली मुलुकलाई बीस लाख सर्जिकल मास्क, २ लाख एडभान्स मास्क, ५० हजार टेस्टिङ किट दिने बताएको छ।

‘हामी यो चिनियाँ सहयोगप्रति निकै आभारी छौं,’ युरोपेली आयोगकी अध्यक्ष उर्सेला भोन डेर लेइनले ट्वीटमा भनेकी छन्,‘यस्तो बेलामा हामीलाई एकअर्काको सहयोग चाहिन्छ।’

अलिबाबाका संस्थापक चिनियाँ नागरिक ज्याक माले यसअघि नै अमेरिकालाई १० लाख मास्क र ५० हजार टेस्टिङ किट सहयोग पठाइसकेका छन्। अवस्था यस्तो आयो कि गत फेब्रुअरीमा अमेरिकाले आफ्ना नागरिकलाई फिर्ता ल्याउन वुहान पठाएका जहाजमा १७ टन सामान पठाएको थियो।

चिनियाँ अधिकारीहरूले अहिले यो महामारीलाई राजनीतिक रूपमा प्रतिष्पर्धा नभई सहकार्य गरेर परास्त गर्नुपर्ने बताउँदै आएका छन्। आफ्नो देशमा रोकिएको सं क्रमणको दरले उनीहरूको मनोबल बढेको छ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…