कोरोनाकै कारण विदेश जान नपाएकालाई सरकारले सहयोग गर्छ

काठमाण्डौ – सरकारले कोरोना भाइरसको कारण विदेश जान नपाएका युवालाई सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसको कारण भिसा लागिसकेका नेपाली कामदारलाई अन्य देश र नेपाल सरकारले पनि रोकेको अवस्थामा धेरै युवा चिन्तित भएका छन् । तर सरकारले भने विदेश जान नपाएका युवालाई स्वदेशमै व्यवसाय गर्न सहयोग गर्ने वचन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सहयोग गर्ने बताउनु भएकाे छ ।

‘नागरिकको सुरक्षाको लागि हामीले विदेश जान रोकेका छौँ । तर वैदेशिक रोजगारीमा जान नपाएका नागरिकले स्वदेशमा काम गर्न चाहेमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ । म सबैलाई देशभित्रै केही इलम गर्न आग्रह गर्दछु । ठूलो-सानो नभनी काम गर्नुहोस्’, मन्त्री खतिवडाले भन्नुभयो ।

रोजगारीको विषयमा नआत्तिन पनि उहाँले आग्रह गर्नुभयो । वैदेशिक रोजगारी गुम्दा रेमिट्यान्समा ठूलो असर पर्ने र अर्थतन्त्रमै असर गर्छ कि भन्ने डर रहेको तर अवस्था त्यस्तो नरहेको उहाँले बताउनुभयो ।

‘रेमिट्यान्सको रकम बैंकिङ प्रणालीमार्फत आउने हो, त्यसले बैंकको तरलता अभाव हुन नदिन भूमिका खेल्छ, तर अहिले बैंकमा पर्याप्त तरलता छ, बैंकहरुसँग ६०/७० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ, रेमिट्यान्समा थोरै कमी आउँदा ठूलो असर पर्दैन’, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले भन्नुभयो ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…