नेपाली दुतावास कतारको सुझाव : आवासीय क्षेत्र आसपास पसल थापेर नबसौं, यो गैरकानुनी हो

कतारमा कार्यरत नेपालीलाइ विनाकारण निस्कासन गरिएको भन्ने समाचारको सन्दर्भमा नेपाली दुतावास कतारले कतार सरकारको सम्बन्धित निकायबाट जानकारीले लिने बताएको छ। कोरोनाभाइरसको जो खिमलाइ न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै उपाएहरु अवलम्बन गर्न कतारमा रहेका सम्पूर्ण नेपालीलाइ दुतावासले अनुरोध गरेको छ।

कोरोनाभाइरसका कारण पछिल्लो समय कतारमा विभिन्न नियम कानुनहरु फेरवदल भइरहेका छन्। यस सन्दर्भमा कतार सरकारको सम्बन्धित निकायहरुबाट जारी हुने सबैप्रकारका निर्देशनहरु पालना गर्न दुतावासको अनुरोध छ।

कतारमा कार्यरत कतिपय नेपालीहरु कम सकिएपछि आवासीय क्षेत्रमा पसल थापेर बस्ने गर्दछन। कतारको कानुन अनुसार कामदार भिसामा गएको व्यक्तिले दर्ता नागरिक कुनैपनि व्यवसाय संचालन गर्न बन्देज लगाएको छ। यस्ता प्रकारका पसलमा समान किन्नु पनि गैरकानुनी भएकाले दुवासले कतारी कानुनको उल्लङ्घन हुने कुनैपनि क्रियाकलाप नगर्न सबैलाई सुझाव दिएको छ।

यस अघि कतारको औद्योगिक क्षेत्र सनैयाबाट क्याम्प बाहिर निस्किएको भन्दै २० जना नेपालीलाइ नेपाल फिर्ता पठाईदिएको थियो। कतारको बदलिदो नियमको बारेमा थाहा नपाइ कतिपय नेपालीहरु अप्ठयारोमा पर्दै आएका छन्।  कतारले पछिल्लो समय कोरोना भाइरस न्यूनीकरण गर्न अनेकौं कदम उठाउदै आएको छ। आउने आइतबारबाट कतारले सरकारी कर्मचारी ८० प्रतिसतले कटौती गर्ने जनाएको छ।

विश्व स्वास्थ्यसं संगठनको प्रशंसा

कतारद्वारा कोरोनाभाइरस नि यनत्रणमा देखाएको सक्रियतालाइ विश्व स्वास्थ्य संगठनले खुलेरै प्रसंसा गरेको छ। विश्व स्वास्थ्य संगठनका महा निर्देशक डाक्टर टेड्रोस अधानोम घेव्रेएसुसले ट्विट गर्दै कतारका सार्वजनिक स्वास्थ्य मन्त्री महामहिम डा. हनान मोहम्मद अल कुवारीलाई धन्यवाद तथा बधाई दिएका थिए।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…