मालपोत, विद्युत र यातायात कार्यालयमा तिर्नुपर्ने शुल्क ढिला भए पनि जरिवाना तिर्नु नपर्ने

काठमाडौं । कोरोनाभाइरसबाट आफ्नो देशको नागरिकलाइ सुरक्षित राख्न नेपाल सरकारले पनि अनेक कदम उठाउँदै आएको छ। सरकारले मालपोल, विद्युत र यातायात कार्यालयमा तिर्नुपर्ने शुल्क ढिला तिरेपनि जरिवाना नलिने भएको हो ।

बिहिबार बसेको बैठले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवानावापतको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको जोखिमलाई लिएर उच्च सतर्कता अपनाएको सरकारले यस्तो निर्णय लिएको हो। सरकारले भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो।

लोक सेवा आयोगकाे सबै लिखित परीक्षा स्थगित

लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ ।

आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

आयोगकाे बिहीबार बसेको बैठकले अर्काे सूचना जारी नभएसम्मको लागि निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षाका कार्यक्रम स्थगित गरेको छ।

भोलिदेखि चिडियाखाना पनि बन्द

शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना बन्द हुने भएको छ ।

कोराना भाइरस नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरत्र्जीविप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको भनाइ छ ।

यसअघि सरकारले २५ जनाभन्दा धेरै व्यक्ति जम्मा नहुन सबैमा निर्देशन दिएको थियो ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…