साउदीमा हालसम्म कुनै पनि नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन : राजदूत राजपुत

रियाद । संसारभर म हामा’रीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सं क्र मण साउदी अरबमा पनि देखिएको छ । यो समाचार तयार पार्दासम्म साउदी अरवमा २ सय ३८ जना कोरानांक्रमित भेटिएका छन् । जसमध्ये ६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

साउदी अरबमा उल्लेख्य संख्यामा नेपाली रोजगारीका लागि पुगेका छन् । हालसम्म कुनै पनि नेपालीमा यो भाइरसको सं क्रमण नदेखिएको नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘साउदी अरबमा अहिलेसम्म कुनै पनि नेपालीमा यसको सं क्रमण देखिएको छैन । यहाँ सं क्रमित भएका बिरामीहरुको स्वास्थ्य अवस्था सुधारउन्मुख छ,’ उनले भने ।

कोरोना रोकथाम तथा नि यन्त्रण गर्न साउदी अरबले विभिन्न जनचेतनामूलक कार्यक्रमक गरेको भन्दै उनले सरकारको खुलेर प्र शंशा गरे । साउदी सरकारले महामारी फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई हप्तासम्म लकडाउन गरको छ ।

लकडाउनपछिको अवस्थामा अहिलेसम्म नेपाली श्रमिकहरुलाई कुनै पनि समस्या नआएको पनि उनले जानकारी दिए । ‘अत्यावश्यक भन्दा बाहेकको काम सबै ठप्प भएका छन् । त्यसबाट हालसम्म नेपाली श्रमिकहरुलाई त्यस्तो कुनै समस्या परेको छैन,’ उनले भने ।

बिदामा स्वदेश फर्केकाहरु कोरोना भाइरस सामान्य अवस्थामा आइसकेपछि सहजै रुपमा साउदी अरबमा फर्किन पाउने व्यवस्था रहेकोले नआत्तिन उनले अनुरोध गरेका छन् । ‘यो समस्या कामदारको होइन । साउदी सरकारले नै अन्तराष्ट्रिय उडान बन्द गराएको हो,’ उनी भन्छन् ‘यसलाई सार्वजानिक बिदामा लिइन्छ । स्वदेश फर्किएका सबै अवस्था सामान्य भैसकेपछि सहजै साउदी फर्कन पाइन्छ । त्यसैले विदामा स्वदेश फर्केका आत्तिनु पर्दैन ।’

कोरोना सं क्र मणको विषयलाई लिएर आत्तिने वा तनाव लिने भन्दा सतर्कता अपनाउने कुरामा बढी ध्यान दिन समेत उनले सुझाव दिएका छन् । सबैलाई हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्य रुपमा हात धुन उनको अनुरोध छ ।

त्यसैगरि साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सं क्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि उनले आग्रह गरे ।

कोरोना नि यन्त्रण नआएसम्म स्वास्थ्य सं वेदनशीलतालाई ध्यानमा राखी अत्यावश्यक काममा बाहेक बाहिर ठूला जमघट हुने ठाउँमा हिँडडुल नगर्न पनि उनले अनुरोध गरेका छन् । त्यस्तै नेपालीहरुको चलन धेरै धु म्रपान र म ध्यापन गर्ने भएको बताउँदै यस्तो अवस्थामा सेवन नगर्न आग्रह गरेका छन् । धु म्रपान र म ध्यपान गर्दा कोरोना सं क्रम णको जोखिम अझ बढी हुने उनको भनाइ छ । डिसीनेपालबाट 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…